-यापिड टेष्टमा ‘पोजेटिभ’देखिएका युवालाई बोक्न एम्बुलेन्सले मानेन, वडाध्यक्षले मोटरसाइकलमा पु-याए

कपन अनलाइन 

धादिंग, बैशाख ४ /रोशन दानी/ -यापिड टेष्टमा ’पोजेटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले नमाने पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पु-याएका छन् ।धादिङको ज्वालामुखी गाउँपालिका ३ का २७ वर्षीय युवामा -यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले नमाने पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पुर्याएका हुन् ।

उनलाई थप परीक्षणका लागि जिल्ला सदरमुकाम धादिङ वेशीस्थित आइसोलेसन वार्ड र्पुयाउन एम्बुलेन्स तयार नभए पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पुर्याएका हुन् ।बिरामी बोक्न ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा संस्थागत गरी ४ वटा एम्बुलेन्स भए पनि कुनै तयार नभएको स्थानीयको गुनासो छ ।

ज्वालामुखी गाउँपालिका वडा नं ३ का अध्यक्ष रुद्रमान श्रेष्ठले जिल्लाका अरु एम्बुलेन्सलाई पनि खबर गरेको तर कुनै एम्बुलेन्स नआएको बताए।बिरामी लिन पटक पटक सम्पर्क गर्दा पनि विभिन्न बहाना गर्दै पञ्छने गरको यस्तो अवस्थामामा पनि एम्बुलेन्स प्रयोग हुन नसक्नु अति गैह जिम्मेवारी कार्य भएको अध्यक्ष श्रेष्ठको गुनासो छ ।जिल्लामा उक्त युवाको पीसीआर परीक्षण विधिबाट परीक्षा गरिनेछ र उनको स्वाब पीसीआर परीक्षणका हेटौंडा पठाउने तयारी भईरहेको जिल्ला अस्पताल धादिङका व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमलाको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।