अमिताभ फाउन्डेसन बुढानिलकण्ठ -११ द्वारा नगरपालिकाको कोषमा १ लाख ५० हजार सहयोग

अमिताभ फाउन्डेसन बुढानिलकण्ठ -११ द्वारा नगरपालिकाको कोषमा  १ लाख ५० हजार सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख १।

अमिताभ फाउन्डेसन बुढानिलकण्ठ -११ ले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ।

अमिताभ फाउन्डेसनका तर्फबाट निर्देशक लोप्सांग ग्याल्छेन शेर्पाले नगर प्रमुख उद्दव खरेललाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको उपस्थितिमा सहयोग बुझ्दै प्रमुख खरेलले फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।

त्यस्तै नगर प्रमुख खरेलले आज बाट र्यापिड टेस्ट शुरु भएको र राहत वितरणको पहिलो चरण सम्पन्न भएको जानकारी दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।