सम्माननीय प्रधानमन्त्री ज्युलाई एकान्तवास बाट पत्र

सम्माननीय प्रधानमन्त्री ज्युलाई एकान्तवास बाट पत्र

कपन अनलाइन

काठमाडौं ,चैत २८/तिर्थ सुवेदी

प्रधानमन्त्री ज्यु नमस्कार !
म त तपाईंलाई चिन्छु तर मलाई त तपाईले चिन्न हुन्न होला,चिनेर साध्य पनि हुन्न,म जस्ता कति हुन्छन् कति?त्यसमा पनि तपाईं त देशको प्रधानमन्त्री !
१४ बर्षको कठोर यातना सहित को जेल जीवन विताउनु भएका तपाईं सत्तामा वा प्रतिपक्ष मा बस्ता पनि देश को राजनिती तपाईंकै पेरिफेरीमा घुम्ने गर्छ भन्दा मलाई गर्व लाग्छ।म तपाईको फ्यान नै हुं।फ्यान भएर नै केही शब्द खर्चने जमर्को गरेको छु,अन्यथा नलिनु होला।

पहिलो पार्टी बनाएर नेकपालाई यहांसम्म पुर्याउन तपाईंले जुन भुमिका खेल्नु भो त्यो सराहनिय न‌ै छ।पहिलो चोटि प्रधानमन्त्री हुंदा तपाईंले देश र जनताका लागि अझ विशेष गरि युवा पिंढीका लागि जुन सपना देखाउनुभो,राजनिति प्रति वितृष्णा पैदा हुन लागिसकेका हामी जस्ता लाखौं युवा तपाईंका फ्यान भएकै हौं र भईरहेका पनि छौं।

सुर्य चिन्हमै भोट हाल्ने ब्यक्ति भएर नै होला तपाईंप्रति र पार्टी प्रति आक्रमण भई रहंदा सारै चित्त दुख्ने रहेछ र त्यसको मुकाविला पनि साधन र स्रोतले भ्याएसम्म गरि नै रहेको छु।
भुकम्प र नाकाबन्दीले थिलथिलो बनाएको मुलुकलाई माथि उठाउन तपाईंले जुन प्रयत्न गर्नुभो त्यसको सबैले खुलेर प्रशंसा नै गरेका छन्।
बिबिध कारणबश त्यो सरकार ९ महिना भन्दा बढी टिक्न सकेन,त्यसमा अाफैं भित्रका साथीहरुको पनि तपाईंलाई राम्रो साथ थिएन भन्दा अत्युक्ति नहोला।
२०५१ सालमा बनेको मनमोहन अधिकारी को सरकार पनि ९ महिना भन्दा बढी टिक्न दिएका थिएनन्,त्यो सरकार को पनि तपाईं गृहमन्त्री ले राम्रै छाप छोड्नु भएकै थियो।
आजलाई हैन भोलि लाई ,अबको ५ बर्ष केपी ओलीलाई भनेर हामीले सडकमा नारा लगाएकै हो,स्थिर र बलियो सरकार का लागि नेकपा लाई भोट मागेकै हो।त्यसै अनुसार तपाईं फेरि प्रधानमन्त्री बन्नु भएको छ यो हामीलाई धेरै खुशिको कुरा हो।

किनकि रोकिएका सपनाहरु अब ब्युंझनेछन् र स्थिर सरकारले मुलुकलाई कायापलट नै गर्नेछ भन्ने हामीलाई ठूलो आशा र भरोसा थियो र अझै पनि छ।
स्वास्थ्यले बारम्बार धोका दिंदा पनि तपाईंमा भएको आत्मवल सारा नेपालीले सायदै प्रशंसा गरेका छन्।विरोधीहरुको लगातार विरोध र अारोपहरुलाई एउटै बोलीले मित्थ्या प्रमाणित गरिदिन सक्ने तपाईंको आत्मविश्वास को जति वयान गर्दा पनि कमै हुन्छ।

देश ठूलो सानो हुन सक्छ तर जनताको स्वाभिमान कहैल्यै कम बढी हुन सक्दैन भनेर देश बिदेशका सेमिनार हरुमा समेत प्रष्ट रुपमा राखेर `समृध्द नेपाल र सुखी नेपालीको लक्ष्यलाई आत्मसाथ गर्दै अघि बढ्नुभएको तपाईलाई कोटि कोटि सलाम छ।

बिकास निर्माण तथा हरेक क्षेत्रमा केही न केही परिवर्तन पक्का भएको छ।
तर अझै पनि प्रधानमन्त्री ज्यु तपाईं पार्टी अध्यक्ष पनि भएकाले थप यी कुराहरु पनि हेक्का हुनपर्छ भनी ध्यानाकर्षण गराउंन चाहान्छु।

१.साना तिना कुरालाई पनि ठूलो बनाएर मिडिया बाजि गर्नेहरुले सरकारलाई चारैतिर बाट अाक्रमण गरिरहेका छन्,यसमा नेकपा निकट भएर काम गरेका मिडियाहरुले समेत ब्यक्ति वा गुट हेरेर खुईल्याउने रणनिति अघि सारेका छन्,यस्तो किन भईरहेको छ?सत्य तथ्य छानविन गरि कानुनी कारवाहीमा ल्याउन पार्टी वा सरकारले किन सक्दैन?
२.माओवादी केन्द्र संगको एकीकरण प्रकृया ऐलेसम्म पनि टुंगोमा नपुग्नु हाम्रा लागि मात्र ह‌ैन स्वयं पार्टीका लागि समेत हानिकारक हुने देखिंदैछ,जसले गर्दा सरकार सञ्चालनमा समेत समन्वय को कमी भएको मैले महशुश गरेको छु।एकीकरण प्रकृया छिटो टुंगोमा पुर्याउन कसले रोक्यो?
३.पार्टीको खोल अोढेर चाहे ठेक्कापट्टाको नाममा होस् चाहे ट्रेड युनियनको नाममा,विभिन्न धन्दा गर्न पल्केकाहरुले पार्टीको साख गिराउंदैछन्।यस्ता ठेकेदारहरुलाई तुरुन्त बर्खास्त किन गरिंदैन?पार्टीको केन्द्रीय कमिटीको बैठक कहिले बस्छ?पार्टीका नेता जनताका सेवक हुनुपर्ने हैन? राजनितीलाई किन पेशा बनाउंदैछन् ?
४.प्रधानमन्त्री ले कार्यसम्पादन मुल्याङ्कनका आधारमा मन्त्रीहरु परिवर्तन गर्ने रणनिति अघि सार्दा खुशी भईरहेको म जस्तो मान्छे परिवर्तित अनुहार कसको दबाब मा फेरिए?५.सरकारले ल्याएको समाजिक सुरक्षा योजना कति कार्यान्वयन भयो यसमा चासो राखेको पाईएन।
`भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने तपाईको स्लोगन सही छ तर कसैलाई भ्रष्टाचार गरेको आरोप लाग्छ आरोप बारे छानबिन भईरहेको समयमा प्रधानमन्त्री आफैं मिडियामा उसले भ्रष्टाचार गरेको  छैन भनेर बोल्नु कतिको नैतिकता भित्र पर्छ?भलै भ्रष्टाचार प्रमाणित भएन भने पनि छानविन गर्ने निकाय प्रधानमन्त्री को प्रभावमा परे भनेर अरुले अारोप लाउंदा के भन्ने नि?
६.हाम्रा प्रधानमन्त्री कार्यकारी हुन्,देशमा कुन मन्त्रालय बाट के भईरहेको छ त्यो सबै प्रधानमन्त्री लाई जानकारी हुन्छ भन्ने कुरामा हामी बिश्वस्त छौं तर कुनै ईश्युमा कुरा उठ्दा मलाई त जानकारी नै थिएन भनेर प्र.म.ले पन्छिन मिल्छ?जानकारी थिएन भने जानकारी नगराउनेलाइ घोक्रेठ्याक लाउन पर्दैन?

७.श्रम ऐन कानुन र सामाजिक सुरक्षा ऐन सरकार,रोजगारदाता र ट्रेड युनियन बिचको सहमतिबाट अाएको हो भने कुनै एकपक्षलाई यो मान्दिन भन्ने छुट छ ? छुट छैन भने सरकार र ट्रेड युनियन ले मान्ने,नमान्ने रोजगारदातालाई अविलम्ब कारबाही गर्न पर्दैन?
तपाईंलाई सायद महशुश नै भएको हुनुपर्छ।तपाइको सचिवालयमा बसेका वा तपाईंले बिश्वास गरेकैबाट तपाइंमाथि धोका भईरहेको छ भन्ने मैले बुझेको छु।यस्ता बिश्वासघातीहरुको पहिचान गरि तुरुन्त टिम परिवर्तन गर्न किन ढिलासुस्ती ?
८.पार्टीको अाचारसंहिता पालना गर्ने कसले हो?गुटको अाधारमा जथाभावी बोल्दै हिंड्न पाईने हो ?पालना नगरेकालाई के भन्नुहुन्छ ?पार्टी भित्र डनवाद र धनवाद हावी हुन नदिन के गर्दै हुनुहुन्छ?
९.प्रधानमन्त्री राहतकोषमा कति रकम जम्मा भएको छ सार्वजनिक गर्न पर्दैन ?यी माथिका बुंदाहरु ब्यबहारिक रुपमै कार्यान्वयन गर्नुहुन्छ भन्ने मैले बिश्वास लिएको छु।ऐले कोरोनाको महामारी बाट बच्न हामी सबै लकडाउनमा बसेका छौं।यो देश भित्रको मात्र समस्या नभएर अन्तरराष्ट्रिय समस्या हो भन्ने पनि हामी सबैलाई थाहा छ।
ऐले कोरोनाको त्रास देखाएर विभिन्न ब्यबसाय गर्ने ब्यबसायीहरु अनेक किसिमका राहत चाहियो भनेर दिनरात तपाईको सम्पर्कमा आईरहेका छन् र सरकारले केही छुट समेत घोषणा गरिसकेको छ,संगसंग‌ै श्रमिक पनि छन् भन्ने कुराको हेक्का राख्नुहोस्।श्रमिकहरुलाई ती ब्यबसायीहरुले के हालतमा राखेका छन् त्यो पनि बुझ्नोस्।ब्यबसायीहरुले चैं श्रमिकहरुलाई राहत दिन पर्दैन ?

हिजो ११ औ महिनासम्म कर छलिछलि टन्न कमाउंदा श्रमिकलाई बोनस समेत नखुवाउने र राज्यको कानुन समेत नमान्नेहरुले राज्य संग छुट मागेको पटक्कै सुहाउंदैन प्र.म.ज्यु।

तिनै ब्यबसायीहरुले दिएको सहयोग बाट सांसद,मन्त्री बनेकाहरुलाई पक्का गारो छ ,ब्यबसायीहरुबाट टाढिन,पटकपटक उहांहरुलाई नै भेट्नुस्,कुरा सुन्नुस् तर हामी जस्ता श्रमिकहरुलाई नबिर्सनुस ..हिजो ब्यबस्था परिवर्तन गर्ने लंडाईको अग्रमोर्चामा,भोट माग्ने र जिताउने मोर्चामा भोटर भएर मात्र हैन तपाईं ब्यबसायीहरु संग बस्ने मिटिङ्,सेमिनारमा समेत मजदुरले नै दानापानीको सेवा गरिरहेको नभुल्नु है ! हाम्रो स्थान खै..??? त्यसैले , सरकार सरकार जस्तो होस् पार्टी पार्टी जस्तो होस् शुभकामना ! तपाईको शुभचिन्तक

मन्थली-१,रामेछाप  हाल काठमाण्डौ #लकडाउनको_१८ औ _दिन  चैत्र २८  २०७६

तपाइँको प्रतिक्रिया ।