बुढानिलकण्ठको कोषमा वडा नं ८ निवासी शम्भु कुमार श्रेष्ठको ५१ हजार १ सय ११ रुपैया सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत २८
बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा वडा नं ८ निवासी शम्भु कुमार श्रेष्ठले ५१ हजार १ सय ११ रुपैया सहयोग गरेका छन। सो कोषमा गरिएको सहयोग बुढानिलकण्ठ नगरपालिकाका जनसम्पर्क सल्लाहकार सुन्दर पुर्कुटीलाई हस्तान्तरण गर्दै श्रेष्ठले विषम परिस्थितिमा आफुले सानो सहयोग गरेको बताएका थिए ।
सहयोग रकम बुझ्दै सल्लाहकार पुर्कुटीले श्रेष्ठलाई धन्यवाद दिदै अन्य नगरका संघ संस्था तथा व्यक्तिहरुलाई पनि सहयोगका लागि अपिल गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।