बुढानिलकण्ठ -१२ बाट कालोबजारी गर्ने दुइ मासु पसले पक्राउ

बुढानिलकण्ठ -१२ बाट कालोबजारी गर्ने दुइ मासु पसले पक्राउ

कपन अनलाइन

काठमाडौं ,चैत २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोक बाट कालोबजारी गर्ने एक जना पक्राउ परेका छन। सो क्षेत्रमा रहेको एक मासु पसलले बजार भाउ भन्दा अत्यधिक बढी मुल्य लिएर मासु बेचेको सुचना वडा अध्यक्ष शम्भु भट्टराईलाई आए पश्चात  चैत २८ गते बिहान प्रहरी आफै   ग्राहक बनेर गएको अवस्थामा  उक्त पसलेले १५ सय रुपैया केजीमा मासु बेच्दै गर्दा रंगेहात पक्राउ गरिएको थियो।

वडाको तेंजिक चोकमा दर्ता नगरी विगत ७ वर्ष देखि  हरिहर राजभण्डारीले संचालन गर्दै आएको पसलमा प्रहरी ग्राहक बनेर पुग्दा उनले भाग लगाएको मासु १५ सयका दरले बेचेका थिए। वर्ष ४८ का राजभण्डारीले ग्राहकको भेषमा पुगेका प्रहरी संग २ केजी मासुको ३ हजार लिएका थिए।

त्यस्तै कालोबजारी नियन्त्रणलाई तीव्र बनाएको प्रहरीले वडाको मुस्कान चोकमा रहेको सिन्धुपाल्चोक मिटसपका संचालक वडा नं १० निवासी विकास गुरुंगलाई पनि पक्राउ गरिएको थियो।

केहि दिन अगाडी अगाडी वडा कार्यालयले गरेको अनुगमनमा विभिन्न पसलहरुको दर रेट फरक परेको र केहि पसलले बढी भाउ लिएर सामान बेचेको पाइए पछी वडाले प्रहरीको सहयोगमा छड्के अनुगमन शुरु गरेको वडा अध्यक्ष भट्टराईले बताए ।

त्यस्तै वडाका धेरै पसलले सुर्तीजन्य पदार्थमा अत्याधिक मुल्य लिएर आएको सुचना प्राप्त भएको जानकारी दिदै अध्यक्ष भट्टराईले यहि सिलसिलामा उक्त क्षेत्रको मासु पसललाई कारवाही गरेको बताए।

आफ्नो  क्षेत्रका विभिन्न  वडामा रहेका अन्य पसलहरुमा पनि कालोबजारी भैरहेको सुचना प्राप्त भएकोले त्यस्ता पसलहरुमा आकस्मिक छड्के जांच गर्ने कपन प्रहरीले जानकारी दिएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।