कोरोना भाइरसको संक्रमण बाट बच्न शंखरापुर नगरपालिकाले उच्च सतर्कता अपनाएको छ :उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ

कोरोना भाइरसको संक्रमण बाट बच्न शंखरापुर नगरपालिकाले उच्च सतर्कता अपनाएको छ :उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ

कपन अनलाइन

काठमाडौं चैत्र २७। कोरोना भाइरसको सङ्क्रमणवाट बच्न शंखरापुर नगरपालिकाले उच्च सर्तकता अपनाएको उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले  कपन अनलाइन लाइ बताइन  । उनले कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै एस्तो बताएकी हुन्  त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताइन  ।

कोरोना भाइरस जस्ता महामारी र विपदको लागि नगरपालिकाले २० लाखको विपद व्यवस्थापन कोष व्यवस्थापन गरिसकेको  बताउदै उनले उक्त कोषमा जनप्रतिनिधहिरुले पनि विगतमा पाएको सेवा सुविधा वापतको एक महिनाको रकम जम्मा गरेको पनि बताइन ।शंखरापुर नगरपालिकाले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै नगरक्षेत्रभित्र औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्नेदेखी नगरवासीलाई घरमै पुगेर घरेलु स्यानेटाईजर समेत वितरण गरेको बताइन  ।

तेस्रो चरणको लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा नगरपालिकाले प्रत्येक दिन नगरभित्र माईकीङ र निरन्तर अनुगमन कार्य गरिरहेको बताउदै उप प्रमुख श्रेष्ठले लकडाउन लम्बीदा नगरका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको भन्दै नगरपालिकाले त्यस्ता परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण कार्य शुरु गरेको जसमा चामल, दाल, तेललगायतका खाद्यवस्तु रहेको पनि बताइन

उनले सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको र शंखरापुर नगरपालिकामा बाहिरबाट आउने मानिसको चाप बढे संगै स्थानीयको गुनासो लाइ सम्बोधन गर्दै  शंखरापुर नगरपालिकाले लक डाउनलाइ कडाइ गरेको  बताइन । उनले बिशेष गरि नाकाहरु चौकी भन्ज्याङ, नाङले स्वास्थ्य चौकी अगाडी, जहरसिंह पौवा कात्तिके, साँखु र इन्द्रायणीमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी  सहितको हेल्थडेस्क स्थापना गरि  बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म खटाएको  बताइन । लक डाउनलाई प्रभावकारी बनाउन दलका प्रतिनिधिलाई समेत परिचालन र समन्वय गर्ने निर्णय गरेको बताउदै  मेलम्ची र मन्दनदेउपुर नगरपालिका सँग समेत सहकार्य गरि लक डाउन पुर्ण रुपमा पालना गराउन कडाइ गरिएको जानकारी गराइन।

उनले कोरोना भाइरस दोस्रो चरणमा प्रबेश गरेको अबस्थामा स्थानीय निकायलाई प्रभावकारी बनाउन निर्देशन प्राप्त भएको बताउदै  ‘अहिले सरकारले गरेको कार्य सबैको हितका लागि गरिएको हो, त्यसैले सबैले नियम मान्नुहुन्छ भन्ने लागेको छ, सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि उनले सबैलाई अनुरोध गरेकी। उनले अनावश्यक हिडडुल नगर्न र चोक चोकमा नबस्न अनुरोध गर्दै त्यस्तो कार्य गरेको पाइएमा प्रशासनले कारवाही गर्ने पनि बताइन ।उनले शंखरापुर नगरपालिकाले बन्द गरिएको दुग्ध पदार्थ संकलन तथा  ढुवानी शुचारु गरिएको बताउदै । शंखरापुर नगरपालिकाले लक डाउनलाइ कडाइ  गर्ने क्रममा रोक लगाएको  दुग्ध संकलन तथा ढुवानी र तरकारी ढुवानी चैत्र २७ गते बाट सुचारू गरिएको बताइन।

किसानलाइ  धेरै मर्का परेको  गुनासो आएको तथा उनीहरुको  स्वास्थ्यलाइ  मध्य नजर गर्दै केही नियमहरू राखि सुचारू गरिएको बताउदै दुध संकलन गर्दा सामाजिक दुरि कायम रहने गरि दुध संकलन गर्ने, दुध खन्याइ सके पछि भिड नहुने गरि तुरून्तै त्यहाँ बाट पठाउने, दुध संकलन केन्द्रमा सेनिटाइजर र साबुन पानीले हात धुने ब्यवस्था गर्नु पर्ने, दुध ल्याउने किसानले माक्स अनिवार्य लगाउनु पर्ने, दुध संकलन वरिपरिको  चिया पसल खोल्न  नपाउने र दुग्ध ढुवानी गर्दा उक्त  गाडीले  अन्य मानिस बोक्न नपाउने पनि बताइन  ।उनले किसनहरुको समस्यालाई ध्यानमा राखेर दुध संकलनमा भिड भाड नगर्न सतर्कता पनि गराउदै  माथि उल्लेखित माप दण्ड पालना गर्न अनुरोध गर्दै संकलन  गर्दा राखिएको नियम पालना नगरी दुध संकलन गरेमा संकलन केन्द्र तत्काल बन्द गर्न सकिने पनि जानकारी गराए।

 

तपाइँको प्रतिक्रिया ।