कागेश्वरी मनोहरा नगरपालिकामा राहत बितरण गर्दा निम्न कुरामा ध्यान दिइ राहत वितरण गर्न नगरप्रमुख कृष्णहरि थापाको अनुरोध

कागेश्वरी मनोहरा नगरपालिकामा राहत बितरण गर्दा  निम्न कुरामा ध्यान दिइ राहत वितरण गर्न नगरप्रमुख कृष्णहरि थापाको अनुरोध

कपन अनलाइन

काठमाडौं चैत्र २२। कागेश्वरी मनोहरा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै उनीहरुको लागि राहत वितरण गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले नगर कार्यपालिकाको बैठकोको निर्णय बमोजिम खडा गरिएको २५ लाख रुपैयाको राहत कोषबाट वडा भित्र  मजदुरी गरि गुजारा चलाउने ब्यक्तिहरुलाई राहत वितरण गर्दा आ आफ्नो वडाको जनसंख्याको आधारमा वडाले प्राप्त गर्ने गरि छुट्याइएको रकम र उक्त कोषमा सहयोग गर्ने गरि समबन्धित वडा भित्रका संघ संस्था बाट प्रतिबद्धता प्राप्त रकम समेत सोहि वडाले वितरण गर्न पाउने र उक्त रकममा आगामी दिनमा प्रदेश सरकार लगायतबाट प्राप्त हुन सक्ने रकम समेत समानुपातिक रुपमा थप गरिने नगर प्रमुख कृष्णहरि थापाले बताएका छन् ।

 उनले वडा बाट आफ्नो वडा भित्र रही मजदुरी गरि दैनिक गुजारा चलाउने तथा अन्य आम्दानीको स्रोत नभएका अत्यन्त बिपन्न वर्गलाइ राहत वितरण गर्दा निम्न कार्य गरि राहत  वितरण गराउन पनि वडा अध्यक्षहरुलाई  अनुरोध गरेका छन ।

१. राहत वितरण गर्दा सम्पूर्ण बिवरण एबम भर्पाइको सुनिश्चितताका साथ् वितरण गर्नु पर्नेछ।

२. राहत वितरणको नाममा वडा कार्यालयमा कुनै पनि रुपमा भिडभाड हुन नदिई सामाजिक दुरी कायम रहने बातावरण मिलाउनु पर्नेछ ।

३. सहजरुपमा राहत वितरण हुन सकोस भनि रु १००० दरले ५००० थान (५९ लाख रुपैया)बराबरको कुपन छपाइ कार्य अघि बधैयेकोले राहत बितरणको नाममा नगद नभै सम्बन्धित ब्यक्ति एबम निजको आश्रित परिवारको संख्याको आधारमा प्रति ब्यक्ति १०००को दरले कुपन उपलब्ध गराउने प्रबन्ध मिलाउनु पर्नेछ ।

४ राहतको लागि तोकिएको  ब्यक्तिहरु वडामा आइ भिडभाड नगरुन र बास्तविक व्यक्तिलाई मात्र राहत बितरण हुन सकिस भनि वडा अध्यक्षको नेतृत्वमा सम्भब भए सम्म सबै वडा सदस्यहरु तथा प्रमुख राजनैतिक दलको कम्तिमा एक एक जना प्रतिनिधि समाजसेवामा अगुवा ब्यक्ति सहित राहत प्राप्त गर्ने ब्यक्ति रहेको स्थानमा बिहान ७ बजे देखि १० बजे सम्म र बेलुकी ३ बजे देखि ६ बजे सम्म उपस्थित भइ परिवार संखायाको आधारमा राहत क्किपन वितरण गर्नु पर्नेछ ।

५. कुपन प्राप्त गर्ने ब्यक्ति सम्भब भए सम्म तोकिएको सम्बन्धित वडा भित्रैको पसलबाट कुपनमा उल्लेखित रकम बराबरको खाद्यान्न लगयातका समानहरु खरिद गरिलिन सक्नेछन र त्यसरी कुपन प्राप्त गर्ने पसलवालालाइ कुपन बराबरको रकम सम्बन्धित वडा कार्यलय वा नजिकैको सहकारीबाट रकम प्राप्त गर्ने ब्यवस्था मिलाइनेछ ।

६. कुपन प्राप्त भएको मितिले १५ दिन भित्र  प्रयोग गरि सक्नुपर्ने छ ।

तपाइँको प्रतिक्रिया ।