विदेस बाट आएका नगरवासी खोज्दै घर घरमा मेलम्चीका जनप्रतिनिधि तथा सुरक्षाकर्मी

विदेस बाट आएका नगरवासी खोज्दै घर घरमा मेलम्चीका जनप्रतिनिधि तथा सुरक्षाकर्मी

कपन अनलाइन

काठमाडौं ,चैत १८।

मेलम्ची नगरपालिका सिन्धुपाल्चोकले विदेस बाट आएका नागरिकको स्वास्थ्य जांच तीव्र बनाएको छ। यसै क्रममा मेलम्ची नगरपालिका वडा नं ११ का स्थानीयको घर घरमा पुगेर स्वास्थ्य जांच गरिएको हो।

मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष सहित ति स्थानमा गएको टोलीले ७ जना विदेस बाट आएका वडावासीको स्वास्थ्य परिक्षण गरेको हो ।

सो टोलीमा स्वास्थ्य शाखाका कर्मचारी ,प्राथमिक स्वास्थ्यका डा .बिनोद केसी ,प्रहरी निरीक्षक फल बहादुर तामांग सहित स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।सो अवसरमा विरामीहरुलाई साबुन,माक्स र तौलिया पनि वितरण गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।