बुढानिलकण्ठ -११ का पसल दिनको दुई पटक खुल्ने
कपन अनलाइन
काठमाडौं ,चैत १५।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले वडा भित्र रहेका अत्यावस्यक खाद्यान्न ,औसधी ,तरकारी ,डेरी र ग्यास पसलको खोल्ने समय तय गरेको छ।
वडा कार्यालयमा बसेको वडा समितिको आकस्मिक बैठकले बिहान ६ बजे देखि ७.३० बजे सम्म र बेलुका ५ बजे देखि ६.३० बजे सम्म उक्त सेवा प्रदान गर्ने पसलहरु खोल्ने निर्णय गरेको हो ।
त्यस्तै वडाले विदेस बाट आउने वडावासीको विवरण संकलन भैरहेको र त्यसका लागि सहयोग गर्न वडावासीलाई अनुरोध गर्दै वडा अध्यक्ष राजु अधिकारीले कुनै पनि आपतकालीन अवस्था परेमा वडामा सम्पर्क गर्नका लागु अनुरोध गरेका छन।
साथै वडामा रहेका कसैलाई पनि आपतकालीन अवस्था परेमा अपह्नो निजि सवारी साधन सहयोगका लागि तयारी अवस्था रहको जानकारी दिदै अधिकारीले वडाले आपतकालीन अवस्थाका लागि सम्पूर्ण तयारी गरेको जानकारी दिए ।
सुचना ;
तपाइँको प्रतिक्रिया ।