सुनकोशी गाउँपालिका – ३ मा होम स्टे शिलान्यास

सुनकोशी गाउँपालिका – ३ मा होम स्टे शिलान्यास

कपन अनलाइन

काठमाडौं, फागुन २५। सुनकोशी गाउँपालिका – ३ उखुबारिमा होम स्टे  शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

उखुबारि सामुदायिक हाेमस्टे बिकास समितिले आयाेजना गरेकाे सो कार्यक्रम  बागमती प्रदेश सभा सदस्य सरेश नेपालले उक्त होम स्टेको  शिलान्यास गरेका हुन्।

उक्त कार्यक्रममा सरेश नेपाल बोल्दै भने माझी , मगरहरुकाे बसाेबास रहेको यस ठाउँ मा हाेमस्टे सन्चालन भयपछि लाेपन्मुख जातिहरुकाे धर्म संकृति भेषभूषाकाे जगेर्ना सहित आर्थिक  स्थितिमा समेत सुधार आउने र उल्लेखनीय रुपमा बैदेसिक राेजगारिमा जाने सङ्ख्या मा पनि कमि आउने बताए।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि , बाणिज्य संघका केन्द्रीय नेता , नेकपाका जिल्ला नेताहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।