केडेमिया र अमृतको जित

केडेमिया र अमृतको जित

कपन अनलाइन

काठमाडौं, फागुन २१। एकेडेमिया कलेज र अमृत साइन्स क्याम्पसले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । एकेडेमियाले नेपालयलाई ४० रन तथा अमृतले स्वस्तिक कलेजलाई ८ विकेटले पराजित गरे ।

पहिले ब्याटिङ गरेको एकेडेमियाले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय २२ रन बनायो । नेपालयले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाइ ८२ रनमा समेटियो ।

न्यु समिट कलेजको आयोजनामा मुलपानी भइरहेको प्रतियोगिताको अर्को खेलमा सुरुमा ब्याटिङ गरेको स्वस्तिकले १७ ओभरमा अलआउटहुँदै ७८ रन बनायो । बुधबार हिमालयन कलेज अफ इन्जिनिएरिङ कलेज र पाटन बहुमुखी क्याम्पस तथा सेन्ट लरेन्स र मदन भण्डारी मेमोरियल कलेजबीच खेल हुने छ ।

तपाइँको प्रतिक्रिया ।