पूर्वी काठमाडौं जग्गा एकीकरण (ल्याण्ड पुलिंग)आयोजना समबन्धि छलफल सम्पन्न
कपन अनलाइन
काठमाडौँ फागुन ५।कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका गरि ८ वटा वडामा १८ हजार रोपनी जग्गामा पूर्बि काठमाण्डौ जग्गा एकिकरण आयोजना लागु गर्ने समिति गठन पश्चात पहिलो बैठक सम्पन्न भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित नर्लिंग रिसोर्टमा फागुन २ गते शुक्रबार उक्त बैठक सम्पन्न भएको हो।
सो कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरिथापा उप प्रमुख बिन्दुपुडासैनी सिंखडा,शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भोज राज खतिवडा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी, वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारीनगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालिकाका सल्लाहकार भरत प्रसाद फुयाल,शंखरापुर नगरपालिका वडा नं९ का वडा अध्यक्ष घनश्याम थापा लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा अनिस पौडेलले कागेश्वरी मनोहरा नगरपालिकामा पैदल यात्री पुलको आवश्यकता र त्यसको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा स्थानीय सरकार संचालन एन २०७४ को दफा २६ बमोजिम गठित अन्तर पालिका कागेश्वरी मनोहरा ,शंखरापुर र गोकर्णेश्वर नगरपालिका साझेदारी कार्यक्रम अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १,२,३, र ४, गोकर्णेश्वर नगरपालिका वडा नं. १,२ र ४, शंखरापुर नगरपालिका वडा नं. ९ समेत गरि २६ हजार रोपनी जग्गामा सम्भाब्यता अध्यन गर्दा १८ हजार रोपनी जग्गामा ब्यवस्थित बस्ति बसाल्न सकिने निस्कर्ष पश्चात सो कार्य गर्नको लागि गठित पूर्वी काठमाडौं जग्गा एकीकरण(ल्याण्ड पुलिंग)आयोजना सम्बन्धि कार्य गर्नको,लागि गठित आयोजना कार्यन्वयन व्यवस्थापन समितिको बैठक बाट सो कार्यको लागि वडा स्तरमा सरोकारवाला सहित छलफल भेला गर्ने समेत बैठकले निर्णय गरेको छ।
साथै कार्यक्रममा व्यवस्थित बस्ति बसाल्नको निम्ति आयोजना संचालन गर्नको लागि छुट्टै कार्यलय राख्ने ,त्यसै गरि आयोजना संचालन गर्नको लागि आवश्यक कार्यबिधि बनाउनु पर्ने हुँदा त्यसको लागि पनि छुट्टै छलफल गरिने, डीपीआर निर्माण उक्त जग्गामा ८ आना भन्दा कम नहुने गरि हक हस्तान्तरण गर्न नपाइने गरि रोक्काको लागि आवश्यक गृहकार्य अगाडी बढाउनु पर्ने लगायतका बिषयमा छलफल गरिएको थियो ।
स्थानीय सरकार संचालन एन २०७४ को दफा२६ बमोजिम गठित अन्तरपालिका कागेश्वरी मनोहरा ,शंखरापुर र गोकर्णेश्वर नगरपालिका साझेदारी कार्यक्रम अन्तर्गत कगेश्वरी मनोहरा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १,२,३, र ४, गोकर्णेश्वर नगरपालिका वडा नं. १,२ र ४, शंखरापुर नगरपालिका वडा नं. ९ समेत गरि २६ हजार रोपनी जग्गामा सम्भाब्यता अध्यन गर्दा १८ हजार रोपनी जग्गामा ब्यवस्थित बस्ति बसाल्न सकिने निस्कर्ष पश्चात सो कार्य गर्नको लागि गठित पूर्वी काठमाडौं जग्गा एकीकरण(ल्याण्ड पुलिंग)आयोजना अन्तर्गत पर्ने कित्ता जग्गाहरु आयोजना संचालन गरिने निर्णय गरिएको थियो।
आयोजना संचालनको लागि तीनै वटा नगरपालिका कार्यपालिका बैठक बसी त्यसलाई अनुमोदन गर्ने आयोजना उपत्यकाको भिजिबिलिटी अध्ययन गर्ने र त्यसको लागि डिपीआर तयारीको कार्य अघि बढाइने जग्गाको हक हस्तान्तरण गर्दा ८ आना जग्गा भन्दा कम क्षेत्रफल कायम हुने गरि कित्ता काट गर्न नपाउने गरि रोक्का राख्न समबन्धित मालपोत कार्यलयका नाममा रोक्काको कार्य अघि बढाइने र कार्यविधि तयार पार्ने निर्णय गरिएको थियो ।