हिमालय क्रिकेट लिगको तयारी पूरा

हिमालय क्रिकेट लिगको तयारी पूरा

कपन अनलाइन

काठमाडौं, फागुन ४ । हिमालय स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा  १९ वर्ष मुनिको दुई दिवसीय ‘हिमालय क्रिकेट लिग’को तयारी पूरा भएको छ।

अर्किड इन्टरनेशनल कलेजको मुख्य प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिता  मिति २०७६ फागुन ५ गते सोमबारदेखि सुरु हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

युवा खेलाडीहरूलाई लामो ढाँचाको क्रिकेटसँग अध्यस्त गराई माथिल्लो तहको क्रिकेटमा पुग्न सहयोग पुर्‍याउने उद्देश्यसहित यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ।

काठमडौं क्रिकेट ट्रेनिङ सेन्टर, वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी गरि ६ टोली सहभागी हुने प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा उपविजेताले पनि ७५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक सहयोगमा मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ भने विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन्।

सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरि लिग सञ्चालन गरिनेछ भने समूह विजेता दुई टोलीले फाइनल खेल्नेछन् प्रतियोगितामा टेस्ट क्रिकेट जस्तै सेतो ड्रेस र रातो बलको प्रयोग हुनेछ।

तपाइँको प्रतिक्रिया ।