पाँचौ कागेश्वरी पर्यटन महोत्सबको व्यवस्थापकीय जिम्मेवारी बांडफांड अन्तर्गत सहयोग समिति निर्माण
कपन अनलाइन
काठमाडौँ, फागुन १।कागेश्वरी मनोहरा नगरपालिकामा हुन लागेको पाँचौं कागेश्वरी पर्यटन महोत्सवको व्यवस्थापकीय जिम्मेवारी बाडफाड भएको छ ।कागेश्वरी मनोहरा नगरपालिकाको पहिचान ,पर्यटन प्रबर्धन र आर्थिक समृद्धि हाम्रो अभियान भन्ने नारा सहित हुन लागेको सो महोत्सबलाइ सफल बनाउनको लागि व्यवस्थापकीय जिम्मेवारी बाँडफाड गर्नको लागि माघ २८ गते मंगलबार पाँचौ कागेश्वरी पर्यटन महोत्सब व्यवस्थापनसमितिका अध्यक्ष श्यामबहादुर लामाको अध्यक्षतामा नियमित बैठक सम्पन्न भएको हो।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ ढुंगेनमा आयोजित सो बैठकमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल,नेकपा जिल्ला कमिटि सचिवालय सदस्य विश्वराज श्रेष्ठ,नेकपा वडा अध्यक्ष रबिन्द्र खड्का,नेकपा वडा सचिब कृष्ण प्रसाद अर्याल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा सदस्य दल बहादुर तामाङ, महेश्वर ढकाल,सिद्धि गणेश उच्च मावि व्यवस्थापन समिति अध्यक्ष, राजकुमार थापा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल बहादुर बिष्ट लगायत स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन नेकपा नगर कमिटि सदस्य पुष्कर प्याकुरेलले गरेका थिए।
पुर्व प्रधानमन्त्री तथा संघिय सांसद माननीय माधब कुमार नेपालको प्रमुख आथित्यतामा फागुन ७ गते हुने सो पर्यटन महोत्सव संचालन तथा व्यवस्थापन गर्नको लागि सहयोग समितिहरु गठन सम्बन्ध छलफल गरिएको थियो। उक्त बैठकमा प्रचार प्रसार सहयोग समिति,स्वागत द्वार निर्माण सहयोग समिति, स्टल निर्माण सहयोग समिति,खाना खाजा, व्यवस्थापन सहयोग समिति, यातायात व्यवस्थापन सहयोग समिति,सास्कृतिक झाकी व्यवस्थापन समिति,स्वयं सेवक, परिचालन तथा व्यवस्थापन सहयोग समिति,सरसफाई व्यवस्थापन, र कार्यक्रम स्थल व्यवस्थापन सहयोग समिति निर्माण गर्नको लागि छलफल गरिएको थियो ।
सो बैठकमा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेलले कागेश्वरी पर्यटन महोत्सब सबैको साझा भएकोले सबैले आ आफ्नो ठाउ बाट सहयोग गर्नको लागि अनुरोध गरेका थिए। उनले गठित सहयोग समितिका सदस्यहरुले आवश्यकता अनुसार सदस्यहरु थप्न सकिने गरि प्रावधान बनाइएको पनि बताए।उक्त छलफल बाट प्रचार प्रसार सहयोग समिति को संयोजकमा कृष्ण प्रसाद अर्याल, राजकुमार थापा,र चिरन्जीवी ढकाल रहेका छन् ।
त्यसै गरी स्वागत द्वार निर्माण तथा व्यवस्थापन समितिका संयोजक विश्वराज श्रेष्ठ, शिवराम अधिकारी, त्यसैगरी स्टल निर्माण सहयोग समितितथा मंच व्यवस्थापन संयोजक नारायण खड्का र पुस्कर प्याकुरेल भएका छन् भने खाना खाजा व्यवस्थापन सहयोग समितिमा संयोजकका रुपमा नवराज अधिकारी, यातायात व्यवस्थापन सहयोग समिति संयोजकमा आनन्द खड्का र महेश्वर ढकाल, त्यसैगरी संस्कृतिक झाँकी व्यवस्थापन सहयोग समिति का संयोजक धन बहादुर लामा रुद्र खड्का रहेका छन्।
त्यस्तै सो समितिमा जित बहादुर लामा, राम भरत पुवार,दिल बहादुर बिष्ट, रामकृष्ण खड्का, शिवराम बस्नेत अभिआस कुइकेल रहेका छन् ।त्यस्तै स्वयं सेवक परिचालन तथा व्यवस्थापन सहयोग समिति संयोजकमा रुपेश थापा बसन्त खड्का, सुजन अधिकारी, मधुकर खड्का, महेश खड्का रहेका छन् । पानी व्यवस्थापनमा बिमल धिमाल रहेका छन् भने सरसफाई व्यवस्थापन सहयोग समिति मा श्याम बहादुर लामालाइ बैठकले संयोजकको रुपमा निर्णय गरेको थियो । त्यसै गरि महिला संजाल मा रमा ढकाल र स्वास्थ्यमा गीता ढकाललाइ संयोजकको रुपमा निर्णय गरेको छ ।
वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले गठित सहयोग समितिका संयोजक तथा सदस्यहरुलाई सबै पक्ष सहभागि हुने गरी अगाडि बढन सुझाव दिएका थिए । उनले सबै संयोजक तथा सदस्यहरुलाई आफ्नो जिम्मेवारीलाई सहि ढंगमा निर्वाह गर्न समेत आग्रह गरेका थिए । उनले कागेश्वरी मनोहरा नगरपालिका भित्र रहेका साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ लाई सफल पार्नु पनि महोत्सवको उद्देश्य रहेको बताए ।
महोत्सबमा विभिद संस्कृतिक कार्यकमका साथै फागुन ६ गते प्रतियोगितात्मक कवि सम्मेलन समेत हुने भएकोले त्यसलाई व्यवस्थित रुपमा संचालन गर्नलाई सबैको साथ् र सहयोग आवश्यक रहेको बताए। उनले चाडै नै सर्व पक्षीय भेला गर्ने पनि बताए ।