जीपी कोइराला फाउन्डेसन बुढानिलकण्ठ नगर समितिको संयोजकमा नवराज भट्टराई

जीपी कोइराला फाउन्डेसन बुढानिलकण्ठ नगर समितिको संयोजकमा नवराज भट्टराई

कपन अनलाइन

काठमाडौं ,माघ २८

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ निवासी नवराज भट्टराई जीपी कोइराला फाउन्डेसन बुढानिलकण्ठ नगर समितिको संयोजक मनोनित भएका छन ।

भट्टराईलाई फाउन्डेसनको काठमाडौं जिल्ला समितिले मनोनयन गरेको हो। नेपालका पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको योगदान र कामहरुको वारेमा प्रचार र प्रवर्धन गर्ने उदेस्यले स्थापना भएको फाउन्डेसनको नगर समिति गठन र कार्यक्रम संचालनको जिम्मेवारी सहित भट्टराईलाई संयोजक तोकिएको फाउन्डेसन जिल्ला कार्यसमितिले जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।