ट्याक्सीमा छुटेको १६ तोला सुन फिर्तागर्ने चालकलाई सुनको सिक्री उपहार

ट्याक्सीमा छुटेको १६ तोला सुन फिर्तागर्ने चालकलाई सुनको सिक्री उपहार

कपन अनलाइन

काठमाडौं माघ २८  । लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्राका  क्रममा आफ्नो कारमा १३ तोला सुनसहितका सामग्री छाड्ने यात्रुलाई चालकलाई सम्पुर्ण सामान फर्काई दिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुन्धाराका लक्की रिमालले थापाथलीस्थित नर्भिक अस्पताल नजिकैसम्म यात्रा गर्ने क्रममा कारमा सामान छाडेपछि तत्कालै महाशाखालाई खबर गरेका थिए।

प्रहरीका अनुसार रिमाललाई आफुले यात्रा गरेको कारको नम्बरसमेत थाहा थिएन। तर बा २ ज ४०७१ नम्बरको कारका चालकले नविन सिग्देलले आफै प्रहरीलाई सम्पर्क गरे, आफ्नो कारमा सामान छुटेको भन्दै।

त्यसपछि प्रहरीले सामान धनी रिमाललाई बोलाएर चालक सिग्देलसँग सम्पर्क गराएको थियो। सामान भेटिएपछि खुसी देखिएका रिमालले सिग्देललाई ‘सुनको सिक्री’ उपहार दिए।

प्रहरीका अनुसार कारमा छुटेको लगेजमा ल्यापटप, मेडिकलका कागजपत्र र लत्ताकपडा पनि थिए।

 

तपाइँको प्रतिक्रिया ।