अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रलाई काठमाडौं महानगरको ३ करोड अनुदान

अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रलाई काठमाडौं महानगरको ३ करोड अनुदान

कपन अनलाइन

काठमाडौँ , माघ २३ ।  काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ ।

महानगरको वडा १० शंखमुलस्थित केन्द्रमा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।

चेक हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार बिकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुननिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाहरुको प्रवर्धनमा काम गरिरहेको बताए । महानगरभित्र बिशिष्ट क्षेत्रमा योगदान पुर्याउने क्षमताका व्यक्ति छन्  । संघसंस्थाले काम गरिरहेका छन् । उनले  भने यस्ता व्यक्ति र संघसंस्थाको क्षमता बढाउन महानगरले सहयोग गरिरहेको छ । यससँगै हामीले स्वास्थ्य, शिक्षा र सामाजिक जीवनको स्तर उकास्न बिशेषज्ञ सेवाको क्षमता भएकाहरुसँग सहकार्य गरिरहेका छौं ।

महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको बिकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गरेका थिए  ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौत्तम बुद्धको आदर्श बिश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरेका थिए  ।

२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।

फोटो  सौजन्य : काठमाडौँ  अनलाइन

तपाइँको प्रतिक्रिया ।