ज्ञान निकेतन समूह विजेता

ज्ञान निकेतन समूह विजेता

कपन अनलाइन

काठमाडौं, माघ १९  । आयोजक ज्ञान निकेतन १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शनिबार समूह ‘डि’ को विजेता बनेको छ ।

समूह विजेताको टुंगो लाग्ने प्रतिस्पर्धामा ज्ञान निकेतनले गोल्डेनगेटलाई ५१–४० ले पराजित ग¥यो । ज्ञान निकेतनका सुजन थपलियाले १६ अंक जोडे । उक्त खेल अगावै ज्ञान निकेतन र गोल्डेनगेट दुवै क्वाटरफाइनलमा पुगिसकेका थिए ।

स्कुलतर्फ ब्वाइजमा ज्ञान निकेतनले पुष्पसदनलाई ५५–३३, इनोभेटिभले केएमसीलाई ५२–३२, हिमालयले काठमाडौं जेभियरलाई ४१–२७ र नेरिकले नव ज्योतिलाई ३२–२० ले हराए । ज्ञान निकेतनका विवेक यादवले २४, इनोभेटिभका मनीष गुरुङले १५, हिमालयका प्रनुप स्याङबोले १७ र नेरिकका समिप खत्रीले १६ स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।