राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) जगडोल गोकर्णमा व्हिल चियर प्रतियोगिताको साथै विविध कार्यक्रम सम्पन्न

राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) जगडोल गोकर्णमा व्हिल चियर प्रतियोगिताको साथै विविध कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ १७ । राष्ट्रिय शहीद दिवस २०७६को अवसरमा व्हिल चियर प्रतियोगिता एवं विविध कार्यक्रम सम्पन्न  भएको  छ । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा  मेरुदण्ड पक्षघात समूह र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति(स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक बन पर्यापर्यटन व्यवस्थापन समितिको संयुक्त आयोजनामा राष्ट्रिय शहीद दिवस २०७६ व्हिल चियर प्रतियोगिता एबम विविध कार्यक्रम सम्पन्न  भएको हो।

उक्त  कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर  प्रमुख सन्तोष चालिसेको  प्रमुख  आथित्यतामा  सम्पन्न  भएको उक्त  र्यक्रममा   विशेष अतिथि राष्ट्रिय सहिद तथा शान्ति पार्कका पूर्व अध्यक्ष एबम यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष  सुदर्शन सिग्देल रहेका  थिए ।

मेरुदण्ड पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकालको अध्यक्षता रहेको  सो  कार्यक्रममा  ५४ जना ह्विलचियर प्रयोगकर्ता सहभागि थिए भने  महिला र पुरुषको छुट्टा,छुट्टै प्रतियोगिता भएको  थियो ।

उक्त  प्रतियोगितामा पुरुषतर्फ प्रथम,द्धितीय र तृतीय क्रमश दान बहादुर थिङ्,खुमबाहादुर पाण्डे,विजय रोकाया। महिलातर्फ प्रथम,द्धितीय र तृतीय क्रमश रजनी राई,पुजा चौधरी र लाली तामाङ् भएका  थिए  । उनीहरुलाई क्रमश प्रथम हुनेले नगद रु १५००० शिल्ड,मेडल र प्रमाणप्रत्र, द्धितीय हुनेले नगद रु १०००० शिल्ड,मेडल प्रमाणप्रत्र र तृतीय रु ५००० शिल्ड,मेडल, प्रमाणप्रत्र प्राप्त गरे  ।

सहयोगी संस्थाहरु आत्मा ज्ञान प्रचारक संघ, हेन्डीक्याप इन्टरनेश्नल,नेप्टा,गोकर्णेश्वर नगरपालिका सम्पुर्ण वडा कार्यलयहरु,स्पानल कर्ड इञ्जुरी पुर्नस्थापना केन्द्र ,बि.आइ.ए. फाउन्डेसन, ग्लोबल आइएमी बैक, नेपाल बंङ्गला देश बैक,सुन्दरढोका साथी सेवा,एल्लो प्यागोडा होटल, मन्टेश्वरी एसोसियसन नेपाल, एस्ट्रिक इन्टरनेश्नल रहेका  छन् ।

“मेरुदण्डीय पक्षघात समुह नेपाल” २०७२ सालमा ७ जना मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुद्धारा स्थापना गरिएको एक सामाजिक संस्था हो । यस संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौ, समाज कल्याण परिषद तथा स्थानिय नगरपालिकामा दर्ता भइ स्थापना कालदेखि अपाङ्गता सम्बन्धी बिभिन्न नीति निर्माण, वकालत, जनचेतना तथा विभिन्न खेलकुद कार्यक्रमहरु गर्दै आईरहेको छ । साथै मेरुदण्डमा चोट लागी अपाङ्गता भएका स– साना भाइवहिनीहरुका लागि पहुँचयुक्त वातावरणमा आवाससहितको शिक्षा र व्यावसायिक शिक्षा प्रद्धान गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।