चन्द्रागिरि नगरपालिका -१ मा ‘मंगलोदय सृजनशील समाज’ संस्थाको उद्घाटन

चन्द्रागिरि नगरपालिका -१ मा ‘मंगलोदय सृजनशील समाज’ संस्थाको उद्घाटन

कपन अनलाइन

काठमाडौं, माघ ५  । ३ नम्बर प्रदेश सांसद तथा उद्योग पर्यटन तथा वातावरण समिति सभापति रमा आलेमगरले तीनै तहको सरकारले यूवा पुस्तालाई संगठित गरेर अघि बढाउन सकेमात्र देशको गति तीब्ररुपमा अघि बढ्ने बताएकी छिन् ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–१ मा ‘मंगलोदय सृजनशील समाज’ संस्थाको उद्घाटनमा सांसद आलेमगरले यूवापुस्ता संगठित भएमात्र समाज र जीवन परिवर्तन गर्न सकिने उल्लेख गरेकी हुन् । उनले समाजमा भएको विकृति विसंगति हटाउन र समाज परिवर्तनका लागि मंगलोदय सृजनशील समाजको नाममा एउटा सामाजिक संस्था स्थापना गरेकोमा यूवापुस्तालाई धन्यवाद दिएकी थिइन्। युवापुस्ता उठे समाज र देशको प्रणाली नै परिवर्तन गर्न सकिन्छ भन्ने पछिल्लो उदाहरण २०६२–०६३ को जनआन्दोलनलाई लिन सकिनेसमेत बताएकी थिइन् । सांसद मगरले समाजले अब विपद् व्यवस्थापनमा भूमिका खेलिदिन पनि आग्रह गरेकी  थिइन् ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीेले मंगलोदय स्कुलमा पढेका पूर्वविद्यार्थीहरुले खोलेको यो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुको साथै, उनले आफु, सांसद रमाआले मगर, वडा अध्यक्ष राजेन्द्र केसीलगायतका व्यक्तिहरु पनि सोही स्कुलमा पढेको जानकारी गराउँदै यहाँ उपस्थित व्यक्तिहरु उच्च तहमा पुगेको भन्दै गौरबसमेत व्यक्त गरेका थिए । आफुहरुले पढ्दा निकै कठिनाई र अभाव भोग्नुपरेको तर, अहिले सुविधासम्पन्न हुँदा पनि यूवापुस्ता सामाजिक क्षेत्रमा स्थापित हुन नसकेकोमा चिन्ता गरेका थिए । प्रमुख गिरीले अन्य क्षेत्रमा भन्दा चन्द्रागिरि नगरपालिका भित्र पर्यटन क्षेत्र अग्रणी स्थानमा रहेकोले पर्यटन वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सबैलाई सहयोग गर्न आग्रह गरेका थिए।

 सो कार्यकममा कार्यपालिका सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्रकुमार केसी बाल्यकालमा सँगै पढेका साथीहरु अहिले प्रायः उच्च ओहोदामा पुगेको र आफु पनि एउटा जिम्मेवारी पदमा रहि गाउँठाउँको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उनले समृद्ध नेपाल सुखी नेपाली बनाउन सुशासन अपरिहार्य भएकोले सबै ठाउँमा सुशासन युक्त वातावरण तय गर्न आ–आफ्नो ठाउँबाट खट्न अपिल गरेका थिए।

 संस्थाका अध्यक्ष दिवाकर थापाले ‘स्वच्छ, सुखी तथा समृद्ध समाजको पहिचान हाम्रो अभियान’ भन्ने नारालाई साकार बनाउन भ्रमण वर्ष २०२० को अवसरमा यो संस्था खोलिएको जानकारी गराएका थिए । उनले प्रदेश, नगरपालिका र वडाले गर्ने सामाजिक र सार्वजनिक कार्यहरुमा आफ्नो संस्थालाई समेटि अघि बढ्नसमेत आग्रह गरेका थिए ।

संस्थाको उद्घाटनको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा मंगलोदय माविका पूर्वप्रधानाध्यापक लिलानाथ शर्मा, राष्ट्रिय कलाकार दिपकराज गिरी तथा सुमन गिरी, श्रीकृष्ण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशी गिरी, चनपा वडा नम्बर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, दहचोक रेडक्रसका प्रतिनिधि वीरबल थापा, चन्द्रागिरि दाना उद्योगका प्रतिनिधि, साल्ट ट्रेनिङका प्रतिनिधि, इन्द्रस्थान कृषि सहकारीका प्रतिनिधि, संस्थाका वरिष्ठ उपाध्यक्ष सुरज नेपाल, उपाध्यक्ष ज्ञानबाबु महर्जन, महासचिव उद्धब पोखरेल, सचिव भूवन भुर्तेल तथा सल्लाहकार रविन्द्र रिजाल, सुमन थापामगर लगायतको उपस्थिति रहेको थियो ।

फोटो सौजन्य: रोशन दानी

तपाइँको प्रतिक्रिया ।