मनोहरा जेसिज वर्ष २०२० को अध्यक्षमा निशान गौतम

मनोहरा जेसिज वर्ष  २०२० को अध्यक्षमा  निशान गौतम

कपन अनलाइन

काठमाडौं,माघ ४। मनोहरा जेसीजको वर्ष २०२० को अध्यक्षमा निशान्त गौतम निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न शाखाको चौथो शाखा अधिवेशनले गौतमलाई सर्वसम्वत अध्यक्षका रुपमा  निर्वाचित गरिएको हो ।

शाखाकी अध्यक्ष रजनी थापाको सभापतित्व तथा मनोहरा नगरपालिका वडा नम्बर १ का कार्यबहाक अध्यक्ष बलराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्षमा निशान्त गौताम चुनिए संगै शाखाको कार्यकारीणी उपाध्यक्षका शैलेन्द्र कुइकेल र अस्मिता बोहोरा, चुनिएका छन्।

त्यसै गरि उपाध्यक्षहरुमा सागर रोक्का, विवेक थापा, प्रामिला चापागाई र अरुण श्रेष्ठ निर्वाचित भएका निर्वाचन आयुक्त संस्थापक अध्यक्ष जगतराज ढुङ्गानाले जानकारी गराए । अन्य पदाधिकारी चयन  भने पदहस्तान्तरण कार्यक्रममा गरिने पनि जानकारी गराए ।

कार्यक्रमको स्वागत उपाध्यक्ष अस्मिता बोहोराले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सागर रोक्काले गरेका थिए। स्मरण रहोस यो शाखा २०१९ को पहिलो महिना नै जेसीज अफ द मन्थ र वर्षको उत्कृष्ट शाखाको अवार्ड लिन सफल भएको  थियो ।

फोटो : सागर रोक्का

तपाइँको प्रतिक्रिया ।