नेकपा नेता प्रदिप डङ्गोल द्वारा बुनपा – ६ का बालगृहमा आश्रति बालबालिकलाई सहयोग

नेकपा नेता प्रदिप डङ्गोल द्वारा  बुनपा – ६ का बालगृहमा आश्रति बालबालिकलाई सहयोग

कपन अनलाइन

काठमाडौं,पुस २७। बुढानिलकण्ठ नगरपालिका वडा न.-६ मा अवस्थित २ वटा बालगृहहरुमा आश्रति बालबालिकहरुलाई विभिन्न सहयोग सामाग्रीहरु  वितरण गरिएको  छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल को सहयोग तथा नेकपा बुढानिलकण्ठ नगर कमिटीका सचिव प्रदिप डङ्गोलको समन्वयमा पुस २६ गते शनिबार उक्त सामाग्रीहरु वितरण गरिएको हो।

न्यु बालगृह र महिला बालबालिका सेवा केन्द्रका ५६ जना बालबालिकाहरुलाइ जाडो यामका लागि आवश्यक कम्बल ,चिउरा ,चना आदि खाद्यान्न लगायतको सामाग्रीहरु सहयोग गरिएको थियो ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री का जेष्ठ सुपुत्र सृजन पोखरेल, बुनपा -६ का सदस्य नानू खड्का श्रेष्ठ ,समाजसेवीहरु क्रमशः दिपु बस्नेत,मीना ढकाल,लक्ष्मी देवी ढकाल, लक्ष्मी आचार्य गौतम, संगीता खड्का ,बच्चु नेपाली आदिको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।