बलम्वु प्रभाग द्धारा बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ
कपन अनलाइन
काठमाडौं पौष २२ । प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ गरेकाे गरेकाे छ । महानगरीय प्रहरी प्रभाग बलम्वुले बैंकिङ कसुर मुद्धाका फरार जिल्ला गुल्मी मदाने गाउपालिका वडा नं. ३ घर भई हाल चन्द्रागिरी नगरपालिका ११ गुर्जुधारा स्थित बलम्बु फ्रेस हाउस संचालन गरी बस्ने बर्ष ४० को ऋषि भन्ने रिख बहादुर के.सी लाई पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक खेमराज रावतले लामाे समय देखि बैंकिङ कसुर मुद्धामा फरार हुँदै लुकिछिपि बसिरहेका केसीलाई चन्द्रागिरि ११ सतुङ्गल वाट पक्राउ गरिएको बताए । प्रहरी निरीक्षक रावतका अनुसार बैंकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत पाटनबाट पक्राउ अनुमती जारी भए पश्चात् केसी फरार भएका थिए । बैंकिङ कसुर मुद्धामा पक्राउ परेका केसीलाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी बृत्त थानकोट पठाएको बलम्वु प्रहरीले जनाएको छ।