मानवीय सेवाको कार्य गर्दै गोकर्णेश्वर युवा उपकार क्लबले ३०औं बार्षिक उत्सब मनायो
कपन अनलाइन
काठमाडौँ,पौष २१ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले आफ्नो ३०औ बार्षिक उत्सबको अवसरमा वृद्धहरुलाई खाद्यान्न सहयोग गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी नारायण डोलमा रहेको गोकर्णेश्वर उत्तरगया आत्म साधना आश्रममा रहका बृद्दहरुलाई खाधान्न सहयोग गरेको हो। उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष एबम गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार हरि कृष्ण श्रेष्ठ , गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार गोबिन्द बहादुर श्रेष्ठ ,राजकुमार श्रेष्ठ, क्लब का अध्यक्ष प्रेम कुमार श्रेष्ठ लगायत क्लबका आजीवन सदस्य अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए ।
उनीहरुले प्रत्येक वर्ष क्लबको वार्षिकोत्सवको अवसरमा सामाजिक तथा मानवीय सेवाका कार्यहरु गर्दै आएका छन । क्लब कै वार्षिकोत्सवको अवसरमा आयोजना गरको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न भएको छ ।आफ्ना क्लबका सदस्य बीच युगल टिम इभेन्टमा खेलाइएको युक्त प्रतियोगिता आजै सम्पन्न भएको हो। क्लबको ३० औं वार्षिकोत्सवको अवसरमा क्लबका संस्थापक अध्यक्ष मंगलदास श्रेष्ठलाइ कदर पत्र द्वारा सम्मान गरिएको थियो भने सोहि अवसरमा केक समेत काटिएको थियो ।
सो कार्यक्रममा बोल्ने बक्ताहरुले २०४६ साल मा स्थापना भएको क्लब ३० बर्षमा प्रवेश गरेको अवसरमा क्लबको उन्नति प्रगति चाहने समाजको भलाइ चहाने र आमुल रुपमा समाजको परिबर्तनको लागि विभिन्न काल खण्डमा नेतृत्व गर्ने सबैलाई हार्दिक बधाई का साथ् उच्च सम्मान ब्यक्त गरेका थिए ।मंगल दाश श्रेष्ठको नेतृत्वमा स्थापना भएको क्लब अहिले प्रेम कुमार श्रेष्ठको नेतृत्वमा आउदा सम्म धेरै उतारचढाब आरोह अबरोह पार गदै आएको बताएका थिए। बक्ताहरुले सबैलाई आगामी दिनमा अझ सक्रियता पुर्वक गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले क्लब २९ वर्ष पुरा गरि ३० औ बर्षमा प्रवेश गरेकोमा सबैलाई शुभकामना दिदै स्थापना गर्दा जे जस्तो कठिनाइ भए पनि आज सायद त्यो कठिनाइ नरहेको बताए ।
उनले सहयोग गर्ने सदस्य र सुभचिन्तक सबैलाई धन्यबाद दिएका थिए । उनले क्लबका पुर्व अध्यक्ष एबम सस्थापक मंगलदाश श्रेष्ठलाइ समेत बिशेष धन्यबाद दिंदै उनको पहलमा स्थापित भएको क्लब आजको दिन सम्म पनि उनले अमेरिका बाट समेत समय समयमा सुझाब सहयोग दिंदै आएको र आगामी दिनमा समेत त्यस्तै सुझाब र सहयोगको अपेक्षा गरेको बताएका थिए । उनले सहयोग गर्ने सबैलाई धन्यबाद दिदै त्यस्तै सहयोगको अपेक्षा गरेका थिए ।