बुढानीलकण्ठ मन्दिर देखि टोखा सपनतिर्थ सम्मको वाकाथन कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,पुस १८ ।बुढानीलकण्ठ देखि टोखासम्म भ्रमण वर्ष २०२० सफल पार्नका लागि आयोजित वाकाथन कार्यक्रम सम्पन्न भएको छ ।नेपाल भ्रमण वर्ष २०२० का भ्रमणका तोकिएका महत्वपूर्ण तथा सम्भावित १०० वटा गन्तव्य स्थलहरु समेत मध्येका एक बुलकण्ठ नगरपालिकामा रहेको बुढानीलकण्ठ मन्दिर देखि टोखा सपनातिर्थसम्म वाकाथन कार्यक्रम सम्पन्न भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमै नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि पर्यटन प्रवर्द्धन गर्नका लागि सन् बुढानीलकण्ठ मन्दिर देखि टोखासम्मको वाकाथनको आयोजना गरिएको थियो ।प्रदेश सांसद दिपक निरौलाको अगुवाइ तथा उनको विचार अनुरुप सो कार्यक्रमको आयोजना भएको हो।
बुढानीलकण्ठ मन्दिरबाट बिहानको करिब ८ बजे शुरु भएको उक्त वाकाथन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, उपप्रमुख रमादेवी राई, बुढानीलकण्ठ नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु लगायत टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी तथा उपप्रमुख ज्ञानुमाया डंगोलको साथसाथै विभिन्न संघसंस्था, आमा/महिला समुह, युवा क्लवहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुका साथमा विभिन्न व्यक्तित्वहरु लगायत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमका लागि साईकल यात्रुहरुले यात्राभरि स्कटिङ गरि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
बुढानीलकण्ठ मन्दिरबाट शुरु भएको वाकाथन पश्चिमतिरको यात्रा गर्दै वडा नं ५ मा रहेको लिपिकोटमा वडाध्यक्षका साथमा, वडा नं ५ भित्रै रहेको पेन्देल होमस्टेका सञ्चालकहरुद्वारा सहभागीहरुको स्वागत गरिएको थियो। त्यसपश्चात टोखा चण्डेश्वरी मन्दिर हुँदै सपनातिर्थसम्मको यात्रा गर्दै टोखा गणेशस्थानमा कार्यक्रमका आयोजक समितिका प्रदिप डंगोलद्वारा कार्यक्रमको समापन गरेका थिए।
उक्त दिन टोपी दिवस समेत रहेकोमा सहभागी सबैलाई भादगाउँले टोपी वितरण गरिएको थियो । साथै सहभागीहरुका लागि चियापान तथा खाजाको समेत व्यवस्था रहको थियो।
फोटो सौजन्य: बिएसजी