विश्वसम्पदामा सुचिकृत बौद्धनाथ स्तुपा मुल गेटबाट पनि भ्रमण वर्ष २०२०को उद्घाटन
कपन अनलाइन
काठमाडौं,पौष १७ ।काठमाडौं – बुधबार बाट विधिवत रूपमा नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ। भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन सांझ राष्ट्रपति विद्यादेवी भण्डारीले गरे पनि विभिन्न जिल्ला स्थानिय तहहरुमा भने विभिन्न कार्यक्रम गरी भ्रमण बर्षको उद्घाटन गरिएको छ । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नं ६ स्थित विश्वसम्पदामा सुचिकृत बौद्धनाथ स्तुपाको मुल गेटबाट बुधबार विहान एक कार्यक्रम गरी भ्रमण बर्षको उद्घाटन गरिएको छ ।
बौद्धनाथ क्षेत्र बिकास समिति द्वारा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा संघिय सांसद माननीय कृष्ण राई रहेका थिए भने बिशेष अतिथि को रुपमा प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा , काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा,बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष चन्द्रमान श्रेष्ठ, वडा सदस्यहरुलगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो उक्त कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद माननीय कृष्ण राइ बिशेष अतिथि प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा , काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा,बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष चन्द्रमान श्रेष्ठ, लगायतले रिवन काटेर नेपाल भ्रमण बर्ष २०२०को उद्घाटन भएको घोषणा गर्दै र्यालीमा सहभागी भएका थिए ।
नेपालको राष्ट्रिय झण्डा,भ्रमण बर्षको लागोसहितका व्यानर,बाजागाजा र विभिन्न भेषभुषामा स्थानियहरु र्यालीमा सहभागी भएका थिए ।बौद्धनाथ स्तुपाको मुलगेटबाट सुरु भएको उक्त र्याली बौद्धनाथ परिसर वरीपरी हुँदै तामाङ कल्याण गुठी अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।कोण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद माननीय कृष्ण राईले सरकारले लिएको विकास र सम्बृद्धीको लक्षलाई भ्रमण बर्ष २०२० ले टेवा पुर्याउने बताए । उनले भने ‘विश्व सम्पदामा सुचिकृत बौद्धनाथ स्तुपा हाम्रै सम्पति हो, हामीले नै यसको संरक्षण, सम्बर्द्धन गर्नुको साथै प्रचारप्रसार गर्नुपर्छ’। उनले प्रचुर मात्रामा पर्यटक भित्र्याएर देशको आर्थिक वृद्धीमा उल्लेख्य सुधार ल्याउन सबै तह र तप्काबाट लाग्नुपर्ने पनि बताए ।’
उनले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले लिएको लक्षलाई पुरा गराउने जिम्मा सबै नागरिकको भएको बताए । उनले भ्रमण बर्ष सफल बनाउन सरकार एक्लैले मात्र गरेर सम्भव नहुने भन्दै सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरे भ्रमण वर्ष को लक्ष्य धेरै टाढा नभएको बताउदै सबैको सहयोग आवश्यक रहेको बताए।बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष चन्द्रमान श्रेष्ठले ‘नेपाल सरकारको कार्यक्रम दिउँसो भएतापनि वौद्धनाथस्तुपा देशको महत्वपूर्ण सम्पदा हाम्रा अगाडी भएकोले पनि हामी स्तुपा अगाडीबाटै उद्घाटन गरेको बताए । बौद्धनाथ स्तुपाको संरक्षण, सम्बर्धन गर्ने समितिबाटै यसको प्रचार प्रसार अझ होस भन्ने हेतुलेनै भ्रमण बर्षको उद्घाटन कार्यक्रम गरिएको उनको भनाई रहेको थियो ।
फोटो सौजन्य: गोकर्ण न्युज