टोखा नगरपालिका – ५ मा कल्की नारायण पार्कको शिलान्यास
कपन अनलाइन
काठमाडौं, पुस १६। टोखा नगरपालिका वडा नं. ५ मा कल्की नारायण पार्कको शिलान्यास गरिएको छ ।
शनिवार टोखा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले सो पार्कको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु दिपक निरौला, नारायण सिलवाल र योगेन्द्र संग्रौला, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा अध्यक्षहरु लगायत नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले निर्वाचनमा गरेका प्रतिवद्धता अनुसार टोखा नगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण लगायतका कार्य गरेकोमा जनप्रतिनिधिहरुको प्रशंशा गर्दै सार्वजनिक जग्गाको संरक्षण गरी जनताको हितका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा नगरपालिकाको एक वडा एक पार्क बनाउने नीति अनुसार ५ नं. वडामा पार्क बनाउन लागेको बताउदै समग्र नगरको व्यवस्थित विकासका लागि अल्पकालिन र दिर्घकालिन योजना अनुसार नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु एकजुट भएर लाग्नु पर्ने नगर प्रमुख प्रकाश अधिकारीले बताएका थिए ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले सार्वजनिक जग्गाको संरक्षण गर्न वडा र नगरपालिका लागिपरेको बताउदै यो पार्क हरेक हिसाबले सुविधा सम्पन्न हुने र पार्क निर्माण पछि वडाबासी र नगरबासीका साथै सबै नागरिकलाई मनोरञ्जनका लागि महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।
चार रोपनी क्षेफलमा निर्माण हुन लागेको उक्त पार्क एक करोड ५४ लाख ७ हजार ५२ रुपैया लागत रहेको छ । पार्क आगामी २०७७ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिने योजना बनाएको छ ।