सागमा पदक जित्ने मकवानपुरका खेलाडी सम्मानित

सागमा पदक जित्ने मकवानपुरका खेलाडी सम्मानित

कपन अनलाइन

काठमाडौँ,पुस १३ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई मकवानपुरे समाज काठमाडौंले शनिबार नगदसहित सम्मान गरेको छ ।
सागको विभिन्न खेलमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य नेपाललाई दिलाएका   थिए । करातेमा महशुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सन्जिवकुमार ओझा र निशा दर्नालले स्वर्ण जितेका थिए ।
शिलु डंगोलले उसु, माया स्याङतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत हात पारेका थिए । कांस्य जित्नेमा करातेमा रिता कार्की, उसुमा हरिप्रसाद गोले, खो खोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकाश लामा छन् ।
खेलाडीलाई पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, रोज बहिनी ग्रुप अफ कम्पनीका संरक्षक तथा मकवानपुरे समाजका सल्लाहकार माधवप्रसाद भण्डारी, मकवानपुरे समाजका अध्यक्ष अरुणकुमार गुरुङलगायतले सम्मान गरे

तपाइँको प्रतिक्रिया ।