सामतेन मेमोरियल एजुकेशन एकेडेमि बुनपा – ११ को सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम – २०७६ सम्पन्न

सामतेन मेमोरियल एजुकेशन एकेडेमि बुनपा – ११ को सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम – २०७६ सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पुस ११। बुढानिलकण्ठ नगरपालिका वडा नं- ११ मा रहेको सामतेन मेमोरियल एजुकेशन एकेडेमी स्कुलको सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम – २०७६ सम्पन्न भएको छ।

महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुनपा – ११ का वडा अध्यक्ष राजु अधिकारी, वडा सदस्य बिनोद तामांग, नेकोस अधक्ष अकल बहादुर तामांग, अजि फाउन्डेसन अध्यक्ष सर्की शेर्पा, एकीकृत महिला विकास समितिका अध्यक्ष भवानी देउजा, कपन महिला समुहकी अध्यक्ष ऋतु बास्तोला लगायत अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि महिला तथा बालबालिका मन्त्री गुरुङले आफु सदैब बालबालिका र महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आएको र पछिल्ला दिनहरूमा पनि महिला बालबालिकाको हितका निमित्त नया ऐन कानुन बनाई अगाडि बढ्ने बताएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका सभापति निमा शेर्पाले गरेका थिए भने कार्यक्रम समापन आयोजक समितिका सचिबले गरेका थिए

उक्त सम्मान कार्यक्रममा करातेका राष्ट्रिय खेलाडि तथा सामतेनका कराते गरु तथा वल्ड च्याम्पियन सामतेनकी  छात्र साथै सामतेन बिधालयमा अध्ययन गर्ने मेहनति र जेहेन्दार छात्र र छात्रालाई सम्मान  गरिएको थियो
तपाइँको प्रतिक्रिया ।