तेश्रो समृद्ध रुकुम चेसमा वद्रीलालको एकल अग्रता

तेश्रो समृद्ध रुकुम चेसमा वद्रीलालको एकल अग्रता

कपन अनलाइन

काठमाडौँ,पुस १० । तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । तेश्रो चरणको समाप्तीमा शिर्ष सात खेलाडी रोकिए पछि प्रतियोगिताले नया मोड लिएको हो । दोश्रो चरणमा नै तेश्रो वरियताका सुमित पन्त पराजित भएका थिए ।
तेश्रो चरणमा दोश्रो वरियताका मदनकृष्ण कायस्थ बद्रीलाल नेपालीसग पराजित भए भने चौथो वरियताका सुरविर लामा नविन तण्डुकारसंग पराजित भए । त्यसै चरणमा पाचौ वरियताका मिलन लामा पनि सुमन राइसंग पराजित भए । तेश्रो चरणमा नै शिर्ष वरियताका हरिस शर्माले ऋषभ निसाद तथा सुश्रुत दाहालले छैठौ वरियताका कृष्ण थापासंग बराबरी गरे । सोही चरणमा बलराम नापित र सौरभ चोवेको खेल पनि बराबरी भएको थियो ।
प्रतियोगिताको चौथो चरणको समाप्तीमा पूर्व राष्ट्रिय च्याम्पियन वद्री लाल नेपाली चार अंक सहित शिर्ष स्थानमा छन् । उनको चार अंक छ । चौथो चरणमा उनले सुजना लोहनीलाई हराए । राजन सुबेदी,नविन तण्डुकार, हरिष शर्मा, ऋषभ निसाद र कृष्ण थापाको ३.५ अंक छ । चौथो चरणमा राजन र नविन विच बराबरी भयो भने हरिषले सुमन राइ तथा कृष्णले बलराम नापितलाई हराए ।   यसैगरी, ऋषभले चोथो चरणमा सुश्रुत दाहाललाई हराए ।
स्वीस लिग चरणमा नौ चरणमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता शनीबार सम्पन्न हुने छ ।
रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले वताए । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैया पुरस्कार पाउने छन् ।

तपाइँको प्रतिक्रिया ।