लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गत जोन XXXI को जोन मिटिंग हेलम्बु सेर्माथाङमा हुने

लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गत जोन XXXI को जोन मिटिंग हेलम्बु सेर्माथाङमा हुने

कपन अनलाइन

काठमाडौं पौष १०।  लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको जोन XXXI को जोन मिटिंग सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बुको  सेर्माथाङमा हुने भएको छ । माघ ३ र ४ गते गरि दुइ दिन सम्म चल्ने सो जोन मिटिंगमा लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक ३२५ ए १ को Area X र Region XV अन्तर्गत  रहेका लायन्स क्लब अफ काठमाण्डौ डाँफे, लायन्स क्लब अफ सिन्धुपाल्चोक, लायन्स क्लब अफ काठमाण्डौ युनाइटेड र लायन्स क्लब अफ काठमाण्डौ व्हाइट गुराँस  गरि ४ वटा क्लब रहेका छन् ।

हेलम्बु संघिय राजधानी काठमाडौंबाट करीव ८० किलोमिटर टाढा र समुन्द्री सतहबाट ३६०० मिटर उचाईमा रहेको नेपालकै उच्च हिमाली गाउँहरू मध्यको एक हो। यस क्षेत्रमा ह्योलमो जातीहरुको बाहुल्यता रहेको  छ । ह्योलमो शब्दबाट हेलम्बु नामाकरण भएको यो हिमाली उपत्यका नुवाकोटको लौरी बिनायक पास बाट सुरु भइ सिन्धुपाल्चोकको मेलम्ची उपत्यका सम्म पर्दछ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिकामा रहेको हेलम्बु स्याउ, लेकाली आलु र मुलाको लागि पनि प्रसिद्ध छ। कलात्मक तथा प्राचिन बौद्ध मठ र स्तुपाहरू भएको यो क्षेत्र बौद्ध लगायत हिन्दु धर्मको प्रसिद्ध तीर्थस्थलहरु भएको एउटा उपत्यका हो ।

नेपालको धेरै प्रसिद्ध ट्रेकिंग मार्गहरू मध्य हेलम्बु सर्क्युट पनि पर्दछ । भ्रमण वर्ष २०२० लाइ  लक्षित गरि  हेलम्बु उपत्यकाको अर्को प्रसिद्ध पर्यटकीय स्थल सेर्माथांङमा सो जोन मिटिंग आयोजना गर्न लागिएको हो ।लायन्स क्लब अफ सिन्धुपाल्चोक होस्ट रहेको उक्त कार्यक्रम पर्यटन प्रवर्द्धन तथा नेपाल भ्रमण बर्ष २०२० लाइ समेत सहयोग पुगोस भन्ने  हेतुले  स्थानमा जोन मिटिंग  गर्न लागेको जोन चियरपर्सन राजाराम सापकोटाले कपन अनलाइनलाई बताए।

 

कार्यक्रमका संयोजक लायन्स क्लब अफ सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष लायन ठाकुर प्रसाद तिवारी भन्छन “हेलम्बु उत्कृष्ट  पर्यटकिय क्षेत्र भइकन पनि प्रचार-प्रसारको कमीले गर्दा  सो क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकको खासै उल्लेखनीय रुपमा उपस्थिति छैन”,।  हामीले हाम्रो जोनको मिटिंग यस क्षेत्रमा राख्नुको मुख्य उदेश्य  भ्रमण बर्ष भरि हेलम्बु साथै सिन्धुपाल्चोक जिल्लाभरि कै उत्कृष्ट  पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्नुका साथै आन्तरिक एवम् बाह्य पर्यटको संख्यालाइ  बृद्दि गर्नलाइ केहि टेवा पुगोस भनेर हो” ।सिन्धुपाल्चोक जिल्लामा हेलम्बु क्षेत्र बाहेक अन्य धेरै पर्यटकीय गन्तव्य पनि छन् ।

जस मध्य तातोपानी, पांच पोखरी, भैरब कुण्ड, पाल्चोक देवी, गौरती भिमेश्वर, तौथलीमाइ, सुनकोशी काफेश्वर महादेव, क्षमादेवि, ल्यार्के घ्यांग लगायत स्थानहरु धार्मिक रुपले प्रसिद्ध छन् । यसैगरी साँगाचोक गढी, सिन्धुकोट लगायतका क्षेत्र ऐतिहासिक रुपले प्रसिद्द छन् । यसै जिल्लामा पर्ने भोटेकोशी नदि शाहसिक जलयात्राको लागि प्रसिद्द  छ भने अर्को शाहसिक खेल बन्जी पनि यसै जिल्लामा रहेको छ । सेर्माथांङबाट मौसम खुलेको बेला रसुवाको लांगटांङ हिमाल, सिन्धुपाल्चोकको दोर्जे र जुगल हिमाल , नुवाकोटको सुर्य पिक साथै दोलखाको गौरीसंकर हिमाल र अन्य हिमशृंखलाको मनोरम दृश्य देखिन्छ । सुर्यास्तको मनमोहक दृश्य हेर्न पाउनु पनि सेर्माथाङको अर्को विशेषता हो ।

जोन चियरपर्सन राजाराम सापकोटा भन्छन “त्यसैले यहि क्षेत्रलाइ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत Zone XXXI को जोन मिटिंगको लागि हामीले छानेका हौ” ,। सो जोन मिटिंगमा डिस्ट्रिक लेभलका लायन्स लिडर देखि अन्य क्लबका लायन्स साथीहरुको  उपस्थिति हुने पनि उनले बताए । सेर्माथाङमा अबस्थित करिब ६० जना क्षमता भएको अन्तर्राष्ट्रिय स्तरको “स्नोफल माउन्टेन रिसोर्ट” मा हुने उक्त जोन मिटिंग माघ ३ र ४ गरि २ दिन सम्म  चल्नेछ। सो  जोन मिटिंगमा उपस्थित भइ सहयोग  गर्न  पनि उनले अनुरोध गरेका छन ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।