प्रहरीको विशेष ब्यूरोले बूढानिलकण्ठ नगरपालिका वडा-१३ नयाँ बस्ति र हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
फोटो सौजन्य : बिएसजी
कपन अनलाइन
काठमाडौं, पुस ८ ।प्रहरीले बुढानिलकण्ठ नगरपालिका वडा नं-१३ नयाँ बस्ति र हात्तीगौंडाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘नेकपा’ का ६ जना नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रीय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रीय सदस्य तथा उदयपुरका नेता दुर्खाबहादुर तामाङ रहेका छन् ।
प्रहरीको विशेष ब्यूरोले बूढानिलकण्ठ नगरपालिका वडा-१३ नयाँ बस्ति र हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
फोटो सौजन्य : बिएसजी