शंखरापुर नगरपालिका नाङ्ले बजारमा सडकको चौडाइ १० मिटर कायम गर्न घर टहरा भत्काउन शुरु

शंखरापुर नगरपालिका नाङ्ले बजारमा सडकको चौडाइ १० मिटर कायम गर्न घर टहरा भत्काउन शुरु

कपन अनलाइन

काठमाडौं पौष ७ ।शंखरापुर नगरपालिकाद्वारा नाङ्ले बजारमा सडकको चौडाइ १० मिटर कायम गर्न घर टहरा भत्काउन शुरु गरेको छ ।शंखरापुर नगरपालिकाद्वारा सडक विस्तारसहित ढलानको लागि टेण्डरमार्फत् काम भइरहेको नाङ्ले बजारमा सडकको चौडाइ १० मिटर कायम गर्न घर टहरा भत्काउन समस्या देखिएकोमा आज सौहार्दपूर्ण वातावरणमा निर्विवाद रूपमा घर टहरा भत्काई मापदण्ड कायम गर्ने कार्य सफलतापूर्वक सम्पन्न  गरेको छ।  ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै  अग्रसर भएका  छन्  भने स्थानीयले पनि सो कार्यमा सहयोग गरेका छन् ।

शंखरापुर नगरपालिका – १ नाङ्लेभारेको बजारमा सरकारले अधिग्रहण गरिसकेको जग्गामा रहेका पसल, घरका पेटी डोजर लगाएर भत्काइएको  हो ।६ बर्षअघि नै मुआब्जा बुझे पनि स्थानीयले यो ठाउँ खाली गरेका थिएनन् । ‘जनप्रतिनिधिले पटकपटक पसल, टहरो भत्काउन अनुरोध गर्दा पनि नभत्काएपछि ती पसल, घरका पेटी  आज भत्काइएको हो ।आज  नाङ्लेभारे बजारमा ६ वटा घरका पेटी भत्काइएको छ । सडक १० मिटर फराकिलो पार्नको लागि ६ वर्षअघि नै स्थानीयको जग्गाको मुआब्जा वितरण गरिएको थियो । अहिले सडक विस्तार गर्ने क्रममा मुआब्जा वितरण भइसकेको जग्गा खाली गराइएको हो ।

नाङ्लेभारे चौकीदेखि नाङ्लेभारे बजारसम्मको सडक १० मिटर फराकिलो बनाएर ढलान गर्ने तयारी गरएको छ । यो सडकको लम्बाइ करिब १७ सय मिटर रहेको छ । उक्त कामको लागि शंखरापुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्याम मणि ढुंगाना , नेकपा  युवा नेता राजु दंगाल , वडा सदस्य मधुकेशव तिमिल्सिना नेकपा नेता सूर्यमान तामाङ नगरका प्राविधिक इन्जीनियर  नवीन केसी, लगायतका सम्पूर्ण जनप्रतिनिधि, ,सम्पूर्ण सरोकारवाला स्थानीयबासी, , जग्गाधनीहरु ,महानगरीय प्रहरी प्रभाग,साँखु,नाङ्ले प्रहरी चौकी लगायतको  समन्वय र सहकार्य बाट सो काम सम्पन्न भएको हो  ।

 

तपाइँको प्रतिक्रिया ।