बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात चावहिल क्षेत्र तनावग्रस्त
कपन अनलाइन
काठमाडौँ ,पौष ७।
सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठले ई जानकारी दिएका छन ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । पन्तको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
तपाइँको प्रतिक्रिया ।