बुढानिलकण्ठको आइतवारे पार्कमा काठमाडौं महानगरपालिकाको उपहार “तामाङ संग्रहालय”

बुढानिलकण्ठको आइतवारे पार्कमा काठमाडौं महानगरपालिकाको उपहार “तामाङ संग्रहालय”

कपन अनलाइन

काठमाडौँ, पुस ६ । काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकाको वडा ३ र ५ मा रहेको आइतवारे पार्क परिसरमा “तामाङ संग्रहालय” निर्माण गर्न सहयोग गर्ने भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको उच्च भागमा रहेको करिव ३ सय रोपनी क्षेत्र फलमा बन्ने पार्कको मुख्य आकर्षणका रूपमा बन्ने सो संग्रहालयमा तामाङ संस्कृति र रहनसहनसंग सम्बन्धि विभिन्न सामग्रीको संग्रह गरिनेछ ।

काठमाडौं क्षेत्र -५ प्रदेश ख का प्रदेश सभासदस्य दिपक निरौलाको संयोजनमा भएको आइतवारे पार्क निर्माण क्षेत्र अवलोकन पश्चात् काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले सो स्थानमा निर्माण हुने संग्रहालयको डिपिआर तत्काल निर्माण गर्न अनुरोध गर्दै सोका आधारमा संग्रहालय महानगरले तयार पारेर बुढानिलकण्ठ नगर पालिकालाइ हस्तान्तरण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

धेरै साधक र तपस्वीहरुको प्रिय भुमि शिवपुरी क्षेत्रमा पुग्दा निकै उत्साहित बनेका प्रमुख शाक्यले काठमाडौं उपत्यकाको पर्वत श्रृङखलाको सभ्यतासंग जोडिएका तामाङ जातिहरुको संग्रहालय निर्माण गर्नसके पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणमा ठुलो योगदान पुग्ने धारणा राख्दै बुढानिलकण्ठको पानी र प्रकृतिसङ काठमाडौंको मुल सहर शताब्दीऔं  देखी जोडिएको स्मरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।