१३ औं साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

१३ औं साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

कपन अनलाइन

काठमाडौं, मंसिर २३। तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका :

देश            स्वर्ण     कास्य      रजत     जम्मा
भारत          १३१     ७७        ४०        २४८
नेपाल          ४५    ४४          ७५        १६४
श्रीलङ्का        ३४  ६६        ९३          १९३
पाकिस्तान   २८   ३४        ४३          १०५
बङ्गलादेश   ८    २८         ६६          १०२
माल्दिभ्स     १    ०          २                ३
भूटान         ०     ०          ९           ९

तपाइँको प्रतिक्रिया ।