साग– उसु खेलमा निमालाई स्वर्ण

साग– उसु खेलमा निमालाई स्वर्ण

कपन अनलाइन

काठमाडौं,मंसिर १९ । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जितेकी छिन् ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको उसुअन्र्गत थाउलोको महिला नान्दोमा उनले कूल १८.९१ अङ्क जोड्दै स्वर्णपदक जितेकी हुन् । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् ।

सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । सोही स्पर्धामा बङ्गलादेशले रजत जित्दा श्रीलङ्काले कास्यपदक हात पार्यो ।

त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जितिन् । सो स्पर्धामा श्रीलङ्काले स्वर्ण जित्यो भने बङ्गलादेशले कास्यपदक पायो । उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजतपदक हात पारे । यस स्पर्धामा भारतले स्वर्ण तथा बङ्गलादेशले कास्य पदक जित्यो ।

तपाइँको प्रतिक्रिया ।