टोखा नगरपालिका – २द्वारा जेष्ठ नागरिक सम्मान तथा न्यानो कपडा वितरण

टोखा नगरपालिका – २द्वारा जेष्ठ नागरिक सम्मान तथा न्यानो कपडा वितरण

कपन अनलाइन

काठमाडौं,मंसिर १९। टोखा नगरपालिका वडा नं – २ ले जेष्ठ नागरिकको सम्मान गरेको छ ।बुधबार वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरु पुरुषलाई ज्याकेट र महिलालाई स्वेटर वितरण गरेको हो ।

“जेष्ठ नागरिकको सम्मान गरौँ, कला र संस्कृतिको जर्गेना गरौँ ” भन्ने मूल नाराका साथ विगत दुई वर्षदेखि गरिदै आइरहेको कार्यक्रम अन्तर्गत आफ्नो वडाका जेष्ठ नागरिकहरुलाई उक्त कपडा वितरण गरिएको हो।

साथै चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको सहयोगमा उनीहरुको ब्लड प्रेसर र सुगरको समेत जाँच तथा परिक्षण गरिएको थियो ।

कार्यक्रमका प्रमुख आतिथि टोखा नगरपालिकाका कार्यकारी उपप्रमुख सुश्री ज्ञान माया डंगोलले कार्यक्रमको उद्‍घान गर्दै जेष्ट नागरिकलाई सम्मान गर्न पाउँनु खुशीको कुरा भएको बताइन। टोखा नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरुको योजना बनाइसकेको र ती सबै चाडै कार्यान्वयन हुने समेत बताइन ।

टोखाको जेष्ठ व्यक्ति  १०३ वर्षका देय थकालि तुलसि नारायण श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल तथा २ वडाका अध्यक्ष दिपकराज जोशीले ज्याकेट लगाएर वितरण कार्यक्रमको  सुरुवात गरिएको थियो ।

जाडो याम नजिकिसँगै आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरुलाई न्यानोका लागि ज्याकेट र स्वइटर वितरण गरिएको टोखा नगरपालिका- २ का अध्यक्ष दीपकराज जोशीले बताए । स्विटर

सो कार्यक्रमा बोल्दै अध्यक्ष जोशीले भने- “जेष्ठ नागरिक भनेका हाम्रा संस्कार र संस्कृतिका मार्गदर्शक हुन उनिरुको आशिर्वादले गर्दा हामी यो स्थानमा छौँ । तपाईहरुको सम्मान गर्नु हाम्रो अहोभाग्य हो । यो खासै ठूलो उपहार वा सम्मान होइन । हामीले तपाईहरुका लागि लक्षित गरी विशेष कार्यक्रमहरु अगाडि सारेका छौँ । चाडै नै ति कार्यक्रम सञ्चालन गर्नेछौँ ।”

सो कार्यक्रममा बोल्दै टोखा ३ वडामा अध्यक्ष सिंह राज श्रेष्ठले जेष्ठ नागरिक भनेका हाम्रा साक्षात देवीदेवता भएकाले हामीले उहाँहरुको  आदर संस्कार गर्नु पर्ने बताए। साथै उनले चाडै नै आफ्नो वडाका जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रमको आयोजना हुने बताए ।

कार्यक्रममा वडासदस्य पञ्चकुमारी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने अर्का वडासदस्य प्रेमकृष्ण खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए ।

फोटो सौजन्य:न्यूज अफ टोखा

तपाइँको प्रतिक्रिया ।