काठमाडौं क्षेत्र नं ३ ले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

काठमाडौं क्षेत्र नं ३ ले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं, मंसिर १८ ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाल तथा प्रतिनिधिसभा सदस्य कृष्ण राई को आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान  कार्यक्रम हुने भएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचन दोश्रो वर्षगांठको उपलक्ष्यमा सो  चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको हो ।

उक्त कार्यक्रम नेकपाका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा मिति २०७६ मंसिर २१ गते शनिबार दिउसो २ बजे कामनपा ६ दिव्या पार्टी प्यालेसमा हुने भएको हो  ।

उक्त कार्यक्रममा आयोजकले उपस्थितिको लागि अनुरोध गएको छ ।

तपाइँको प्रतिक्रिया ।