लायन्स क्लब अफ काठमाडौं डाँफेको बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं डाँफेको बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं,मंगसिर १५ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ को कार्यलय जोरपाटीमा लायन्स क्लब अफ काठमाडौं डाँफेको आयोजना तथा कुटुम्व व्यवस्थापन एवं मानविकि कलेजको सहकार्यमा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

शनिबार बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म चलेको सो बृहत रक्तदान कार्यक्रममा ७३जना सहभागी भए पनि स्वास्थ्य लगायत बिबिध कारणले गर्दा ६६ जनाले मात्र  रक्तदान गरेका थिए।  सो कार्यक्रममा ४९ जना नियमित रक्तदाता सहित १७ जना नया रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन) इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल  प्रथम भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, चिफ एरिया कोअर्डिनेटर लायन सुरेन्द्र प्रकाश वालय, चिफ एओजी लायन कर्म गुरुङ ,स्पेसल एडभाईजर लायन श्रीचन के.सी., चिफ कर्पोरेट पार्टनरसिप लायन बिष्णुभाई श्रेष्ठ, चिफ फेस्टीभल लायन राकेश चक्रधर ,चिफ ब्लड सर्भिस लायन श्याम कुमार यादव ,सिनियर एडभाईजर लायन महेश आचार्य, को चिफ पि.आर.ओ लायन गोविन्द प्रसाद काफ्ले ,रिजन चेयर पर्सन लायन सुरेन्द्र बज्राचार्य ,जोन चेयर पर्सन लायन राजाराम सापकोटा जोन चेयर पर्सन लायन  अच्युत बिष्ट कुटुम्व व्यवस्थापन एवं मानविकि कलेजका क्याम्पस चिफ मोतिराम फुयाल, व्यवस्थापन प्रमुख ऋषि घिमिरे लेखा प्रमुख सुनिल ढकाल गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य मुकुन्द फुयाल  लगायत  कार्यक्रम संयोजक लायन श्यामलाल मानन्धर सहित रक्तदाता हरुको उपस्थिति रहेको थियो  ।

रक्तदान गर्ने रक्तदाताहरुलाई कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन) इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल  प्रथम भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, चिफ एरिया कोअर्डिनेटर लायन सुरेन्द्र प्रकाश वालय, चिफ एओजी लायन कर्म गुरुङ लगायतले रक्तदान  गरेकोमा धन्यबाद सहित प्रसंशा पत्र प्रदान गरेका थिए ।

२०१९ डिसेम्बर १ देखि २०१९ डिसेम्बर ७ सम्मलाइ DG Service Week को रुपमा डिस्ट्रीक्ट भरिका सम्पुर्ण क्लबहरु मार्फत बृहत सर्भिसको कार्यक्रम गर्ने आहवान भए अनुसार त्यसै अनुरुप लायन्स क्लब ले बिभिन्न सामाजिक क्रियाकलाप संचालन गर्ने भएको छ ।लायन्स क्लब विश्वमा नै सामाजिक कार्यको लागि अग्रणी स्थानमा रहेको र नेपालमा पनि लायन्स क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको र सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेले सक्रिय भूमिका खेल्दै आएको छ  ।

फोटो : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।