मेयर शाक्यको घोषणा : महानगरमा हरियाली पार्क नै पार्क

मेयर शाक्यको घोषणा : महानगरमा हरियाली पार्क नै पार्क

कपनअनलाइन

काठमाडौं, मंसिर १५  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरभित्र हरियाली पार्क बनाउने घोषणा गरेका छन् ।

शनिबार महानगर वडा नम्बर ५ बुद्धविहारले आयोजना गरेको कार्यक्रममा प्रमुख शाक्यले सार्वजनिक जग्गामा हरियाली पार्क बनाउने घोषणा गरेका हुन् । ‘महानगरपालिकाले सार्वजनिक जग्गामा पार्क बनाउने अभियान सुरु गरेको छ ,’ उनले भने, ‘तिन वर्ष भित्रमा हरियाली पार्क बनाइ सक्छौं ।’ महानगरको प्रत्येक वडामा पार्क बनाउने काम भइरहेको उनले बताए । ‘कमलपोखरी पार्क, इको पार्क, शंकपार्क, बागमती नगर पार्क, शान्ति पार्क, बुद्ध पार्क लगायतका पार्क बनाउने काम भइरहेको छ,’ उनले भने, ‘ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम पनि गरिरहेका छौं ।’

उक्त कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं प्रदेश सांसद नारायण शिलवालले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिए । ‘सार्वजनिक सम्पत्तिको संरक्षण र विकास गर्नुपर्छ,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीयबाट हुनुपर्छ ।’ सार्वजनिक सम्पत्तिको संरक्षण अभियानमा प्रदेशले पनि स्थानीयलाई सहयोग गर्ने उनले बताए । ‘सार्वजनिक सम्पत्तिको पर्खाल लगाएर संरक्षण गर्नुपर्छ’ उनले भने, ‘सार्वजनिक जग्गामा जथाभावी भवन निर्माण गर्नुहुँदैन ।’ भूमाफियाले मिचेको सार्वजनिक जग्गा फिर्ता ल्याउने उनले बताए । ‘क्षेत्र नम्बर ५ मा कतिपय जग्गा माफियाले मिचेका छन्,’ ‘जनताको सहयोगमा फिर्ता ल्याउछौं ।’

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोल र नेकपा नेता विरेन्द्र प्रजापतिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । महानगरको ९० लाखको बजेटमा वडा नम्बर ५ मा वुद्धविहार बनाउने काम भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।