पोखरा महानगरपालिका – २० मा पहिरोले पुरिएर चार जनाको ज्यान गयो

पोखरा महानगरपालिका – २० मा पहिरोले पुरिएर चार जनाको ज्यान गयो

कपनअनलाइन

कास्की, मंसिर १५।पोखरा महानगरपालिका – २० मौजाबिसौनामा सडक बनाइरहेका चारजना मजदुरको पहिरोमा पुरिएर ज्यान गएको छ ।

भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेतमध्ये चार जनाको शव निकालिएको कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुमध्ये शव कस–कसको हो भन्ने खुलिनसकेको उनले बताए । सँगै काम गरिरहेकामध्ये २ जना भाग्न सफल भएको पनि उनले जानकारी दिए । पहिरोमा पुरिएका भनिएका एक जनाको खोजी भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।