एन प्याब्सन गोकर्णेश्वरले स्व. बाल कुमार गुरुङको स्मृतिमा बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्ने

एन प्याब्सन गोकर्णेश्वरले स्व. बाल कुमार गुरुङको स्मृतिमा बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं मंगसिर ११। राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन) गोकर्णेश्वरले  स्व. बाल कुमार गुरुङको स्मृतिमा बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।डेढ दशकदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका बाल कुमार गुरुङ बौद्ध, पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल थिए  भने प्याब्सकको अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरको अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँको सह–सचिव रहेका थिए । उनको २०७६ जेठ ३० गते निधन भएको थियो। उनकै सम्झनामा बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

 मंगसिर २६ गते बिहिबार बाट सुरु हुने  उक्त प्रतियोगिता एन्फाको नियम अनुसार नकआउट चरणको हुनेछ उक्त प्रतियोगितामा सहभागी हुन चाहाने टिमलाइ  दर्ता शुल्क रु २५ सय कायम गरीएको आयोजकले जनाएको छ भने एउटै स्कुल बाट दुइ वटा टिम भएको खण्डमा रु ४ हजार दर्ता शुल्क कायम गरिएको छ । गोकर्णेश्वर नगरपालिका नया बस्ति जोरपाटी  स्थित ब्राइट जोन इन्टरनेसनल स्कुलमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा कक्षा ८ सम्मका खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन  साथै उक्त प्रतियोगितामा आफ्ना खेलाडीहरुलाइ सहभागी गराई कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नको लागि एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारीले सबैलाई अनुरोध गरेका छन।

उनले मंगसिर २१ गते भित्र  प्रतियोगितामा सहभागी हुनको लागि टिम दर्ता गराई सक्नको लागि पनि अनुरोध गरेका छन्। प्रतियोगिताको मंगसिर २२ गते खेल तालिका सार्वजनिक गरिने पनि बताए।थप जानकारीको लागि  कार्यक्रम संयोजक छिरिंग तामाङ ९८०३८४६८६ , अफिसियल सुदर्शन घिमिरे ९८६७८११६३७ मा सम्पर्क गर्न सकिने छ ।

तपाइँको प्रतिक्रिया ।