चन्द्रागिरि नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन बुझाउने सम्बन्धि सूचना
कपनअनलाइन
काठमाडौं, मंसिर १०। चन्द्रागिरि नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ।
उक्त सूचना मार्फत प्रस्तुत विषयमा आ.ब २०७५/२०७६ सालको लेखापरिक्षक नियुक्ति गर्ने प्रयोजनका लागि आ.ब. २०७४/०७५ सालको यस नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत बिद्यालयमा लेखापरीक्षण गर्न तोकिनु भएका लेखा परीक्षकहरुले यस कार्यालयमा लेखा परिक्षण प्रतिवेदन पेश नगरेको भए सूचना प्रकाशित भएको मितिबाट ३ दिन भित्र लेखापरिक्षण प्रतिवेदन शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनको लागि सम्बन्धित सबैमा जानकारीको लागि यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।