बुढानिलकण्ठ नगरपालिका -२ मा निशुल्क स्वास्थ्य शिविर  तथा औषधि वितरण कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिका -२ मा निशुल्क स्वास्थ्य शिविर  तथा औषधि वितरण कार्यक्रम सम्पन्न

कपनअनलाइन

बुढानिलकण्ठ,मंसिर ९ । बुढानिलकण्ठ नगरपालिका -२ मा रहेको गणेश माविको हाता भित्र  निशुल्क स्वास्थ्य शिविर  तथा निशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

श्री गणेश क्लबका स्वस्स्थ्य विभाग प्रमुख सुरज केसीको ममतामयी आमा स्व.मिठु केसीको स्मृतिमा  निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

श्री गणेस क्लबको आयोजना र टुपेक कृषि सहकारीको सह -आयोजना एवं  Helping Hands Health Education नामक संस्थाको सहजतामा भएको उक्त स्वास्थ्य शिविरमा करीव २०० जना भन्दा बढी सर्वसाधारण ,वृद्धवृद्धा,बालबालिका आदिले स्वास्थ्य परिक्षण गरिऔषधि समेत प्राप्त गरि स्वास्थ्य लाभ लिएको जानकारी क्लबका अध्यक्ष दिपु बस्नेतले दिएका छन्  । स्वास्थ्य शिविरमा नाक,कान,घाँटी,आँखा,दात लगायत बिषयहरुलाइ समावेस गरि स्वास्थ्य परिक्षण आयोजना गरिएको थियो ।

फोटो सौजन्य: बीएसजी

तपाइँको प्रतिक्रिया ।