साइपाल एकेडमी (नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश
कपन अनलाइन
काठमाडौँ, मंगसिर ६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा भएको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता गत शुक्रबार बाट सुरु भएको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्र संचालन भएका २२ र तीन वटा पाउना टिम सहित कुल २५ वटा टिमले सहभागिता जनाएका छन ।शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरी अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर शुक्रबार बाट सुरु भएको सो प्रतियोगिता मंगसिर ७ समापन हुनेछ।
उक्त प्रतियोगिताको बुधबार सेमिफाइनलका खेलहरु सम्पन्न भएको छ ।त्यसै गरि बुधबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेल कान्ति भैरब गुरुकुल र साइपाल एकेडमी बीच भएको थियो उक्त खेलमा साइपाल एकेडमीले कान्ति भैरब गुरुकुललाइ ५-० गोल अन्तरले पराजित गर्दै जित हात पार्यो।
साइपाल एकेडमीको जितमा जर्सी नं १० का खेलाडी पेम्बा लामाको प्रदर्शन उत्कृष्ट रह्यो ।लामा ले मध्यान्तर अघि र पछिको दुवै सदुपयोग गर्दै तीन गोल गरे। त्यसै गरि साइपाल एकेडमीकै जर्सी नं ८ का सुजन ब्लनले १गोल गरे भने जर्सी नं ५ का राजेश ख्युम्बा ले थप १ गोल गर्दै टिमको जितलाई सुनिश्चित गरे। प्रतिउत्तरमा बिपक्षी टिम गुरुकुलले गोल फर्काउने प्रयास गरे पनि उक्त प्रयास गोलमा परिणत हुन सकेन । साइपाल एकेडमीके सुरुवाती चरणबाटै आक्रामक खेल खेले पनि उसको डिफेन्स कमजोरीलाइ पहिल्यान नसक्दा कान्ति भैरब गुरुकुल ५-०को भारि गोल अन्तरले पराजित भएको छ भने साइपाल एकेडमी ले सानदार जित हात पर्दै फाइनलमा उपाधी दाबेदारको रुपमा प्रस्तुत गर्दै फाइनलको यात्रा तय गरेको छ । सो खेलको म्यान अफ द म्याच साइपाल एकेडमीका जर्सी नं १० का खेलाडी पेम्बा लामा घोसित भए उनलाई नेपालय लेखिएको टिशर्ट प्रदान गरिएको थियो।
फाइनल खेल मंगसिर ७ गते शनिबार आयोजक नेपालय इंगलिस पब्लिक स्कुल र साइपाल एकेडमी बीच हुनेछ भने तेस्रो स्थानको लागि शनिबार नै कान्ति भैरब गुरुकुल र समता स्कुल बीच हुनेछ। मंगसिर ७ गते सम्म चल्ने सो प्रतियोगितामा प्रथम दितीय र उत्कृष्ट हुने टिमले क्रमश नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। सो प्रतियोगितामा रेफ्रीको भूमिकामा रेफ्री प्रदिप लामा र कृष्ण चौधरीले निभाइरहेका छन्।
फोटो: सरोज बस्नेत