नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगितामा अरुणोदय र बुद्द एकेडेमी बिजयी
कपन अनलाइन
काठमाडौँ, मंगसिर २ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा भएको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता शुक्रबार बाट सुरु भएको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्र संचालन भएका २२ र तीन वटा पाउना टिम सहित कुल २५ वटा टिमले सहभागिता जनाएका छन ।
शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर शुक्रबार बाट सुरु भएको सो प्रतियोगिता मंगसिर ७ समापन हुनेछ ।
आइतबार प्रतियोगिताको तेस्रो दिनका खेलहरु सम्पन्न भएको छ। तेस्रो दिनको पहिलो खेल सहयोगी माबी र र अरुणोदय माबी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा अरुणोदय माबी आरुबरिले सहयोगी माबी गोकर्णलाइ ४-२ गोल अन्तरले पराजित गरेको थियो ।उक्त खेलमा अरुणोदय माविका जर्सी नं ७ का रोशन माझि जर्सी नं २१ का छिरिंग तामाङ जर्सी नं ९का मनिश मगर र जर्सी नं १० का जीवन तामाङले गोल गर्दै टिमलाई बिजयी बनाए ।त्यसै गरि सहयोगी माबी का लागि जर्सी नं ११ का सुनिल मोक्तान र जर्सी नं १० का सागर थिंगले गोल गरेका थिए ।सो खेलको म्यान अफ द म्याच अरुणोदय माविका गोल रक्षक हिमाल मगर घोषित भए संगै उनले नेपालय अंकित टिशर्ट प्राप्त गरेका छन ।
आइतबार नै सम्पन्न प्रतियोगिताको १४ औं खेल लिटिल बड स्कुल र बुद्ध एकेडेमी बीच भएको थियो। सो खेलमा बुद्ध एकेडेमीले लिटिल बड स्कुललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बुद्द एकेडेमीलाइ जित दिलाउन जर्सी नं १२ का फुर्वा सिंह लामा र जर्सी नं ९ का राम बहादुर रोक्काले एक एक गोल गरेका थिए ।त्यसै गरि खेललाइ बराबरीमा ल्याउन लिटिल बडका खेलाडीहरुले प्रयास गरे पनि उक्त प्रयास सफल हुन सकेन। लिटिल बडका लागि सान्त्वना गोल जर्सी नं १० का जीवन थिंगले गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच बुद्द एकेडमीका जनक शाही घोसित भए।
मंगसिर ७ गते सम्म चल्ने सो प्रतियोगितामा प्रथम दितीय र उत्कृष्ट हुने टिमले क्रमश नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।
फोटो : सरोज बस्नेत