लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरेर चलाउनेलाई कारबाही हुने

लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरेर चलाउनेलाई कारबाही हुने

कपनअनलाइन

काठमाडौं,मंसिर १। महानगरीय ट्राफिक प्रहरी महाशाखाले लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरी चलाउने मोटरसाइकलमाथि कारबाही  हुने भएको छ।महाशाखाले शनिबारदेखि नै उच्च प्राथमिकतासाथ कारबाही अघि बढाएको हो।

ट्राफिक प्रहरीले शनिबारमात्रै ३ सय ४५ वटा मोटरसाइकलमाथि कारबाही गरेको जनाएको छ। लुकिङ ग्लास दायाँ र बायाँ नदेखिने गरी राखिए पनि कारबाहीको भागिदार हुने प्रहरीले जनाएको छ। ट्राफिक नियम पालना नगरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने महाशाखाले जनाएको छ।

 

तपाइँको प्रतिक्रिया ।