गोकर्णेश्वर नगरपालिका – ८ संगम टोल सुधार समितिको सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका  – ८ संगम टोल सुधार समितिको सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपनअनलाइन

काठमाडौं, मंसिर १। गोकर्णेश्वर नगरपालिका वडा न-८  स्थित संगम टोल सुधार समितिले प्रहरी प्रभाग , गोर्कणसंगको सहकार्यमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गोर्कणेश्वर नगरपालिका प्रमुख सल्लाहाकार दिपक रिसालको प्रमुख आतिथ्यता तथा गोर्कणेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता मनोज ढुंगानाज्यूको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रहरी प्रभाग गोर्कणका प्रमुख प्रभाकर पुडासैनी तथा आत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा लगायत स्थानिय टोलवासी र प्रहरीहरुको उपस्थिती रहेको थियो ।

प्रत्येक शनिवार सरसफाइ गर्ने यस समितिले हालसम्म गेरका प्रगतिविरण तथा समस्याहरुको जानकारी समितिको अध्यक्ष प्रकाश अधिकारीले राखेका थिए।

उक्त कार्यक्रमको संचालन समितिका सदस्य भरत थापामगर ले गरेका थिए । संगम टोल सुधार समिति यस टोल भित्रको विकास निर्माण , सरसफाई , सुरक्षा तथा आपसी एकतालाई दरिलो वनाउने अभिप्रायले गठन भएको यस समितिले आफनो स्थापनाकाल देखिनै एक शसक्त टोल सुधार समितिको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । टोलवासीको सक्रियतापूर्वकको सहयोगका कारणले  हालसम्म तपसिलका कार्य सम्पन्न गरेको जानकारी गराएको थियो

संगम टोल सुधार समितिले हालसम्म गरेका  प्रयासहरु निम्न रहेका छन्।

  • संगम प्रवेशद्धार को निर्माण
  • प्रत्येक घरमा घर नम्वर राख्ने कार्य सम्पन्न
  • सडक वत्तिको व्यवस्था
  • विद्युत पोलमा सुधार
  • १५० मिटर वाटोमा ब्लक छाप्ने कार्य सम्पन्न
  • वडा प्रतिनिधि तथा स्थानिय प्रहरी संग सुरक्षा सम्वन्धमा समय समयमा छलफल
  •  फोहोर मैला व्यवस्थापनको लागि विभिन्न समयमा तालिम
  • प्रत्येक शनिवार विहान ७ वजे टोल सरसफाई अविछिन्न रुपमा स्थापनाकाल देखिनै संचालित
  •  टोलवासीलाई परेका हरेक सामुहिक समस्यामा एकतावद्ध सहयोग
  •  लागूपदार्थ निषेधित क्षेत्र वनाउन प्रयासरत
तपाइँको प्रतिक्रिया ।