नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता सुरु
कपन अनलाइन
काठमाडौँ, कार्तिक ३० ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा भएको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता शुक्रबार बाट सुरु भएको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्र संचालन भएका २२ र तीन वटा पाउना टिम सहित कुल २५ वटा टिमले सहभागिता जनाएका छन ।शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर आज बाट सुरु भएको सो प्रतियोगिता मंगसिर ७ समापन हुनेछ ।
आज एक कार्यक्रमको बीच उक्त प्रतियोगिताको उद्घाटन भएको हो। सो प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ५ क वडा अध्यक्ष नारायण बहादुर सुबेदी वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डिरेक्टर बुद्द श्रेष्ठ, युवा समाज सेवी लाल बहादुर लामा, नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियन अध्यक्ष किरण केसी,पुर्व राष्ट्रिय खेलाडी टेक्निकल कोच अर्जुन लामा,नेपाल फुटसल संघ केन्द्रीय सदस्य कर्ण थिंग निसानका अध्यक्ष ओम प्रसाद ढकाल,बिभिन्न बिद्यालयका प्रधानाध्यापक शिक्षक प्रतिनिधि लगायत खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता बेशीगाउ युवा समुहको अध्यक्ष कृष्ण नेपालले गरेका थिए भने कार्यक्रम संचालन रबिन खड्काले गरेका थिए।
राष्ट्रिय गान संगै सुरु भएको उद्घाटन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।कार्यक्रममा बेशीगाउ युवा समुहको अध्यक्ष कृष्ण नेपालले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना ,युवा समाज सेवी लाल बहादुर लामा, लगायतले शुभकामना मन्तब्य राख्दै कार्यक्रम सफलताको कामना गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले खेलमा अनुशासन र गतिशिलता आवश्यक भएको बताए ।उनले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै गोकर्णेश्वर नगरपालिकाले खेलकुदका धेरै कार्यक्रम गर्दै आएको बताए ।उनले नगरपालिकामा खेल मैदैनको अभाव भएको हुँदा खेल मैदान निर्माणको लागि दुइ ठाउमा खेल मैदान निर्माणको काम अघि बढेको समेत बताएका थिए।
औपचारिक उद्घाटन सत्रलाई समापन गर्दै नेपालय इंगलिस पब्लिक स्कुल का म्यानिजिंग डिरेक्टर बुद्द श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद दिदै नेपालय स्कुलले फुटबल एकेडमी मार्फत फुटबल प्रशिक्षण संचालन गरिरहेको र सो प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरि प्रशिक्षणको मौका प्रदान गर्ने पनि बताए।कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाप्रमुख सन्तोष चालिसेले रेफ्री प्रदिप लामालाइ बल हस्तान्तरण गरि खेलको उद्घाटन गरेका थिए । उद्घाटन सत्रको पहिलो खेल आयोजक नेपालय इंगलिस पब्लिक स्कुल र लिबर्टी एकेडेमी बीच भएको थियो।
निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा आयोजक नेपालय इंगलिस पब्लिक स्कुलले लिबेर्टी एकेडमीलाइ २-१ को गोल अन्तरले पराजित गरेको छ ।उक्त खेलमा नेपालय इंगलिस पब्लिक स्कुलका जर्सी नं ४ का खेलाडी बिशालले पहिलो गोल गरेका थिए ।एक गोल ले पछि लिबेर्टीले खेललाइ केहि समयमा नै जर्सी नं ९ का खेलाडी सुनिलले आकर्षक गोल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए ।पुन नेपालय इंगलिस पब्लिक स्कुलका जर्सी नं १० का खेलाडी सरोजले गोल गर्दै टिमलाइ २-१ गोल अन्तरले बिजयी बनाए ।
शुक्रबार नै भएको दोस्रो खेल गुरुकुलर होलि एन्जल्स स्कुल बीच भएको थियो ।सो खेलमा गुरुकुलले होली एन्जलसलाइ ट्राइब् बेकर को सडन डेथमा पराजित गरेको हो। निर्धारित समय सम्म दुवै टिम बाट २-२ गोल को बराबरीमा सकिए पछि खेल पेनाल्टी मा गएको थियो पेनाल्टीमा समेत बराबरी भए पछि खेल सडन डेथमा गुरुकुल बिजयी भएको हो।शुक्रबारको अर्को खेल गोठाटार र विट्स एकेडेमी बीच भएको थियो उक्त खेलमा विट्स एकेडेमीले गोठाटारलाइ परजित गरेको थियो ।विट्सका लागि जर्सी नं ९ का अशोकले गोल गरेका थिए ।गोठाटार बाट कुनै पनि गोल हुन सकेन ।
अर्को खेल समता बि र बिपुल शिक्षा निकेतन बीच भएको थियो ।सो खेलमा समता बि ले बिपुल शिक्षा निकेतनलाइ २-१ गोल अन्तरले पराजित गरेको छ ।समता बि को लागि जर्सी नं ६ का आदित्य र जर्सी नं ९ का क्षितिजले गोल गरेका थिए भने बिपुल शिक्षा निकेतनका दिपकले सान्त्वना एक गोल गरेका थिए।
त्यसै गरि अर्को खेल एकता जेम्स र मनकामना स्कुल बीच भएको थियो। सो खेलमा एकता जेम्सले मनकामना स्कुल लाइ २-१ गोल अन्तरले पराजित गरेको थियो ।एकता जेम्स का जर्सी नं ८ का सुधर्शन घलानले दुइ गोल गरेका थिए भने मनकामना स्कुलका सुबिन गुरुङले सान्त्वना एक गोल गरेका थिए ।
शुक्रबारको अन्तिम खेल ऋतमभरा र इस्ट पोल स्कुल बीच भएको थियो उक्त खेलमा इस्ट पोल स्कुलले ऋतमभरा स्कुललाइ ३-० गोल अन्तरले पराजित गरेको छ। इस्ट पोल का लागि जर्सी नं ७ का अजय सुनुवारले २ गोल गरेका थिए भने जर्सी नं १० का खेलाडीले थप एक गोल गर्दै टिमलाई बिजयी बनाए ।ऋतमभरा स्कुल बाट कुनै पनि गोल हुन सकेन ।
प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाइ नेपालय लेखिएको टिशर्ट प्रदान गरिएको थियो। मंगसिर ७ गते सम्म चल्ने सो प्रतियोगितामा प्रथम दितीय र उत्कृष्ट हुने टिमले क्रमश नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।